View Point Long Banner Ad

क्यानडा सरकारले विदेशी विद्यार्थीसँग माग्यो शैक्षिक विवरण

 

२९ मंसिर, काठमाडौं । क्यानडा सरकारले विदेशी विद्यार्थीसँग विभिन्न शैक्षिक विवरण माग्न थालेको छ । सरकारले विदेशी विद्यार्थीहरूलाई इमेल पठाएर विभिन्न कागजातहरू पेश गर्न भनेको हो ।

त्यहाँको अध्यागमन विभागले विदेशी विद्यार्थीसँग भिसा, अध्ययन अनुमतिपत्र, शैक्षिक रेकर्ड, अंकपत्र, हाजिरी लगायतका विवरण माग्दै इमेल पठाएको छ ।

टाइम्स अफ इन्डियाका अनुसार क्यानडाको इमिग्रेसन, रिफ्युजी एण्ड सिटिजनसिप विभाग ९आईआरसीसी० ले विदेशी विद्यार्थीहरूलाई इमेल पठाउन थालेको छ । तीमध्ये धेरै विद्यार्थीको भिसा दुई वर्षसम्म मात्र मान्य छ। क्यानडा सरकारले विदेशी विद्यार्थीहरूका लागि एकपछि अर्को नियमहरू कडा पार्दै गएको सन्दर्भमा इमेल पठाएर कागजात मागेको हो ।

क्यानडाको ब्रिटिश कोलम्बियामा अध्ययनरत एक विद्यार्थीले मे २०२६ सम्मको भिसा रहे पनि सबै कागजात पुनः पेश गर्न भनिएको भन्दै गुनासो गरेका छन् । उनका अनुसार आईआरसीसीले विद्यार्थीसँग हाजिरीको विवरण र पार्ट–टाइम कामका बारेमा पनि जानकारी मागेको छ ।

एमएसएनका अनुसार धेरै विद्यार्थीहरूले आईआरसीसीलाई स्पष्ट सूचना दिन र विद्यार्थीका चिन्ता सम्बोधन गर्न माग गरेका छन् ।

समस्याबाट जोगिन कागजातहरू तत्काल पेश गर्न सल्लाह

शैक्षिक परामर्शदाताहरूले भने विद्यार्थीहरूलाई सम्भावित समस्याहरूबाट जोगिन आफ्ना कागजातहरू तत्काल पेश गर्न सल्लाह दिएका छन् ।

टोरन्टोस्थित आप्रवासन सल्लाहकार मेहबूब रजवानीका अनुसार विद्यार्थीहरूलाई फिल्टर गर्न यो कदम उठाइएको हुन सक्छ । धेरै विद्यार्थीहरूले आफ्नो तोकिएको शिक्षण संस्था डीएलआई परिवर्तन गरी हाजिरीमा कुनै कडाइ नहुने शैक्षिक संस्थाहरूमा जान्छन् ताकि क्यानडा धेरै बस्न सकियोस् ।

रजवानीका अनुसार यसलाई रोक्न क्यानडेली सरकारले थप आर्थिक मापदण्ड र अन्य सीमाहरू निर्धारण गर्ने गरेको छ ।

विज्ञहरूका अनुसार यो निर्णय क्यानडाको अन्तर्राष्ट्रिय विद्यार्थीहरूको संख्या घटाउने रणनीतिको हिस्सा हो । साथै, कति विद्यार्थी अध्ययन भिसामा आएर काम गर्न थालेका छन् भन्ने जानकारी राख्नु पनि सरकारको उद्देश्य हो ।

पछिल्ला केही वर्षहरूमा क्यानडामा विदेशी विद्यार्थीहरूको संख्यामा उल्लेख्य वृद्धि भएको छ ।


मञ्जुर सर्त मायामाको अपार माया पछि सचिन खड्को अर्काे गीत ‘तिमी भन्नु नै जिन्दगी हो सार्वजनिक

मञ्जुर सर्त मायामाको अपार माया पछि सचिन...

वि.सं.२०८२ चैत २० शुक्रवार ११:०१

  मञ्जुर सर्त मायाको अपार माया पछि सचिन खड्को अर्काे...

सर्जक नबिनबाबु विश्वकर्माका केहि तस्विरहरु

सर्जक नबिनबाबु विश्वकर्माका केहि तस्विरहरु

वि.सं.२०८२ पुस २२ मंगलवार ०९:५९

 

सचिन खड्काको “मनजुर सर्त मायामा” गीत सार्वजनिक

सचिन खड्काको “मनजुर सर्त मायामा” गीत सार्वजनिक

वि.सं.२०८२ मंसिर १७ बुधवार १०:५१

  सुमन के.सी. र रोजिना बस्नेतको सुमधुर आवाजमा “मनजुर सर्त...

फेरि भेटियो अकबरे खुर्सानीमा अत्यधिक विषादी

फेरि भेटियो अकबरे खुर्सानीमा अत्यधिक विषादी

वि.सं.२०८२ असोज ३० बिहीवार १३:४२

काठमाडौँ । कालीमाटी तरकारी बजारमा बिक्रीका लागि ल्याएको अकबरे खुर्सानीमा...

पर्सा प्रहरीद्वारा ६७ युनिट रगत सङ्कलन

पर्सा प्रहरीद्वारा ६७ युनिट रगत सङ्कलन

वि.सं.२०८२ असोज ३० बिहीवार १३:३९

वीरगञ्ज  । ७० औँ नेपाल प्रहरी दिवसका अवसरमा  जिल्ला प्रहरी...

जेनजीका माग पूरा गर्न सरकारले अहोरात्र काम गरिरहेको छ : सञ्चारमन्त्री खरेल

जेनजीका माग पूरा गर्न सरकारले अहोरात्र काम...

वि.सं.२०८२ असोज ३० बिहीवार १३:३७

काठमाडौँ । सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले जेनजी पुस्ताका...