View Point Long Banner Ad

निर्माण व्यवसायीहरूको रकम भुक्तानी गर्न सरकारले ध्यान दिएन ः अध्यक्ष सिंह

 

काठमाडौँ । नेपाल निर्माण व्यवसायी महासङ्घका अध्यक्ष रवि सिंहले निर्माण व्यवसायीहरूको रकम भुक्तानी गर्न सरकारले ध्यान नदिएको बताएका छन् ।

नेपाल आर्थिक पत्रकार सङ्घ (नाफिज) को १५ औँ वार्षिक साधारण सभा एवम् सातौँ महासभामा बोल्दै अध्यक्ष सिंहले अर्थमन्त्रीले निर्माण व्यवसायीहरूले भुक्तानीको लागि कुनै समस्या नहुने बताए पनि सरकारले यस क्षेत्रलाई समस्यामा पार्न खोजेको बताएका हुन् । उनले नेपाली नागरिकले विदेशी मुलुकमा गएर रेमिटेन्स मार्फत अर्थतन्त्र चलायमान गराउने प्रयास गर्दा पनि आन्तरिक अर्थतन्त्र अझै पनि चलायमान हुन नसकेको बताए ।

उनले भने,हामीले हाम्रो समस्याको बारेमा मन्त्रालयदेखि अन्य सरकारी निकायहरूमा भेटघाट गर्दा समस्याहरूको समाधान गर्ने आश्वासन दिए पनि हाम्रो भुक्तानी भएको छैन यसमा सरकारले तत्काल ध्यान दिन आवश्यक छ । अध्यक्ष सिंहले सञ्चारकर्मीहरूलाई प्रेरित गर्न आवश्यक रहेकाले महासङ्घले समेत विभिन्न समयमा संञ्चारकर्मीहरुलाई सम्मान गर्दै आएको बताए ।

उनले राष्ट्र बैंकको मौद्रिक नीतिले मुलुकको अर्थतन्त्र चलायमान बनाउने काम नगरेको दाबी गरे । उनले निर्माण व्यवसायीहरूले समयमा नै कर्जाहरू तिर्न नसक्दा प्रायाप्त मात्रामा काम गर्नको लागि असहज भएको बताए । उनले सरकारको नीतिहरूका कारण मङ्सिरपछि ९० प्रतिशत व्यवसायीहरू पलायन हुनुपर्ने बाध्यता आएको बताउँदै तत्काल भुक्तानी गर्न माग गरे ।


मञ्जुर सर्त मायामाको अपार माया पछि सचिन खड्को अर्काे गीत ‘तिमी भन्नु नै जिन्दगी हो सार्वजनिक

मञ्जुर सर्त मायामाको अपार माया पछि सचिन...

वि.सं.२०८२ चैत २० शुक्रवार ११:०१

  मञ्जुर सर्त मायाको अपार माया पछि सचिन खड्को अर्काे...

सर्जक नबिनबाबु विश्वकर्माका केहि तस्विरहरु

सर्जक नबिनबाबु विश्वकर्माका केहि तस्विरहरु

वि.सं.२०८२ पुस २२ मंगलवार ०९:५९

 

सचिन खड्काको “मनजुर सर्त मायामा” गीत सार्वजनिक

सचिन खड्काको “मनजुर सर्त मायामा” गीत सार्वजनिक

वि.सं.२०८२ मंसिर १७ बुधवार १०:५१

  सुमन के.सी. र रोजिना बस्नेतको सुमधुर आवाजमा “मनजुर सर्त...

फेरि भेटियो अकबरे खुर्सानीमा अत्यधिक विषादी

फेरि भेटियो अकबरे खुर्सानीमा अत्यधिक विषादी

वि.सं.२०८२ असोज ३० बिहीवार १३:४२

काठमाडौँ । कालीमाटी तरकारी बजारमा बिक्रीका लागि ल्याएको अकबरे खुर्सानीमा...

पर्सा प्रहरीद्वारा ६७ युनिट रगत सङ्कलन

पर्सा प्रहरीद्वारा ६७ युनिट रगत सङ्कलन

वि.सं.२०८२ असोज ३० बिहीवार १३:३९

वीरगञ्ज  । ७० औँ नेपाल प्रहरी दिवसका अवसरमा  जिल्ला प्रहरी...

जेनजीका माग पूरा गर्न सरकारले अहोरात्र काम गरिरहेको छ : सञ्चारमन्त्री खरेल

जेनजीका माग पूरा गर्न सरकारले अहोरात्र काम...

वि.सं.२०८२ असोज ३० बिहीवार १३:३७

काठमाडौँ । सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले जेनजी पुस्ताका...