View Point Long Banner Ad

१९ वर्षीया किशोरी बनिन् कांग्रेस वडा सभापति

दैलेख,१९ भदौ

दैलेखको १९ वर्षीया किशोरी स्वस्तिका महत नेपाली कांग्रेसको वडा सभापतिमा निर्वाचित भएकी छिन्।

दैलेखको दुल्लु नगरपालिका–३ नेपाकी महत भर्खर १९ वर्ष लागेकी हुन्। उनै महत हालै सम्पन्न नेपाली कांग्रेसको १४ औं महाधिवेशनबाट वडा सभापतिमा निर्वाचित भएकी हुन्।

महत राजनीतिक वातावरणमै हुर्किएकी हुन्।उनका बुवा भूपेन्द्रजंग महत दैलेख कांग्रेसको उपसभापति थिए। बुवाको दुई वर्षअघि मृत्यु भएको थियो।
‘बुवा पार्टी उपसभापति हुनुहुन्थ्यो, राजनीतिबाट समाज परिवर्तन गर्ने लक्ष्य उहाँको थियो’, स्वस्तिकाले भनिन्, ‘बुबाको सपना पूरा गर्नका लागि स्वास्थ्यकर्मीको बाटो छोडेर राजनीतिमा होमिएकी हुँ।’

स्वस्तिकाले पछिल्ला दुई वर्ष राजनीतिकलाई नजिकबाट बुझ्न पाइन्। नेपालगञ्ज टेक्निकल कलेजबाट एचएको पढाइ सकेलगत्तै उनी गाउँ फर्किइन्।स्वस्तिका वडा सभापतिमा निर्वाचित हुँदा जति खुसी छिन्, त्यति नै जिम्मेवारीले थिचिएको महसुस गरेकी छिन्।

‘मलाई विश्वास गरेर पार्टी र वडामा क्रियाशील सदस्यहरुले सर्वसम्मत वडा सभापतिमा विजयी गराउनु भएको छ’,उनले भनिन्, ‘यो विश्वास र भरोसालाई मर्न दिने छैन।’ पार्टी राजनीतिसँगै उनले पढाइलाई पनि निरन्तरता दिने बताइन्।

 


मञ्जुर सर्त मायामाको अपार माया पछि सचिन खड्को अर्काे गीत ‘तिमी भन्नु नै जिन्दगी हो सार्वजनिक

मञ्जुर सर्त मायामाको अपार माया पछि सचिन...

वि.सं.२०८२ चैत २० शुक्रवार ११:०१

  मञ्जुर सर्त मायाको अपार माया पछि सचिन खड्को अर्काे...

सर्जक नबिनबाबु विश्वकर्माका केहि तस्विरहरु

सर्जक नबिनबाबु विश्वकर्माका केहि तस्विरहरु

वि.सं.२०८२ पुस २२ मंगलवार ०९:५९

 

फेरि भेटियो अकबरे खुर्सानीमा अत्यधिक विषादी

फेरि भेटियो अकबरे खुर्सानीमा अत्यधिक विषादी

वि.सं.२०८२ असोज ३० बिहीवार १३:४२

काठमाडौँ । कालीमाटी तरकारी बजारमा बिक्रीका लागि ल्याएको अकबरे खुर्सानीमा...

पर्सा प्रहरीद्वारा ६७ युनिट रगत सङ्कलन

पर्सा प्रहरीद्वारा ६७ युनिट रगत सङ्कलन

वि.सं.२०८२ असोज ३० बिहीवार १३:३९

वीरगञ्ज  । ७० औँ नेपाल प्रहरी दिवसका अवसरमा  जिल्ला प्रहरी...

जेनजीका माग पूरा गर्न सरकारले अहोरात्र काम गरिरहेको छ : सञ्चारमन्त्री खरेल

जेनजीका माग पूरा गर्न सरकारले अहोरात्र काम...

वि.सं.२०८२ असोज ३० बिहीवार १३:३७

काठमाडौँ । सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले जेनजी पुस्ताका...

प्रेस काउन्सिल नेपालद्वारा तथ्य जाँच कार्यदल गठन

प्रेस काउन्सिल नेपालद्वारा तथ्य जाँच कार्यदल गठन

वि.सं.२०८२ असोज २९ बुधवार १९:१२

काठमाडौँ । प्रेस काउन्सिल नेपालले तथ्य जाँच कार्यदल गठन गरेको...