बस्नेतलाई निर्वाचन जितेर देखाउन दीपशिखाको चेतावनी
चितवन, १९ भदौ
वाईसीएल इन्चार्ज रामप्रसाद सापकोटाले महेश बस्नेतलाई आउँदो निर्वाचन जितेर देखाउन चेतावनी दिएका छन् ।
वाईसीएल र अखिल(क्रान्तिकारी)को संयुक्त भेलालाई चितवनको इच्छाकामनामा प्रमुख अतिथिको रूपमा सम्बोधन गर्दै वाईसीएल इन्चार्ज रामप्रसाद सापकोटाले उक्त भनाइ राखेका हुन् ।
वाईसीएल मूलतः हिजो जनयुद्धमा बन्दुक बोकेर जनयुद्धमा होमिएका युवाहरूको शान्ति प्रक्रियापछिको दस्ता रहेकोमा परिवर्तित सन्दर्भमा आजको पछिल्लो प्रविधि प्रयोग गर्ने अत्याधुनिक युवाहरूमा पनि अब्बल दस्ता निर्माण गरिने सापकोटाको भनाइ थियो ।
वाईसीएल सहरका युवाहरूमाझ सबैभन्दा लोकप्रिय र पुनः मुलुकको पहिलो सङ्गठन बनाइने दाबी गर्दै उनले महेश बस्नेतहरूलाई चुरीफुरी धेरै नगर्न र हिम्मत भए आगामी निर्वाचन जितेर देखाउन चेतावनी दिए ।
वि.सं.२०७८ भदौ १९ शनिवार २२:१९
















