कक्षा १२ को परीक्षा भदौ ३० गतेदेखि ८ गतेसम्म सञ्चालन गर्ने निर्णय
१६ भदौ, काठमाडौं ।
राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को परीक्षा भदौ ३० गतेदेखि सञ्चालन गर्ने भएको छ ।
यसअघि स्थगित परीक्षा भदौ ३० देखि असोज ८ गतेसम्म सञ्चालन हुने बोर्डले सूचना मार्फत जानकारी दिएको छ ।
यसअघि गत साउन ३१ देखि भदौ ९ गतेसम्म परीक्षा तालिका सार्वजनिक गरिएको थियो ।
तर कोरोना भाइरस संक्रमण बढेको भन्दै स्थगित गरिएको थियो ।

वि.सं.२०७८ भदौ १७ बिहीवार ००:५५
















