मोडल निशा घिमिरेको निधन
१६ भदौ, काठमाडौं ।
नर्भिक अस्पतालमा उपचाररत मोडल तथा कलाकार निशा घिमिरेको मृत्यु भएको छ । उनको उपचारका क्रममा बुधबार साँझ ६ः५१ बजे मृत्यु भएको अस्पतालले विज्ञप्तिमार्फत जनकारी दिएको छ ।
दुर्घटना घाइते भएकी निशालाई गम्भीर अवस्थामा घरमै रहेका बेला नर्भिक अस्पतालले २०७८ जेठ २७ गते उद्धार गरेको थियो । उद्धार गरी अस्पतालले निःशुल्क उपचार थालेको थियो ।
लगातारको उपचारपछि पनि उनको स्वास्थ्य अवस्थामा अपेक्षित सुधार आउन सकेको थिएन । उनलाई लगातार अक्सिजनको सपोर्ट दिएर सीसीयूमा राखिएको थियो ।
घिमिरेको पार्थिव शरीरलाई बिहीबार दिउँसो अन्तिम श्रद्धाञ्जलीका लागि पशुपति आर्यघाटमा राखिने र त्यसपछि अन्त्येष्टी गरिने चलचित्र कलाकार संघका उपाध्यक्ष तथा प्रवक्ता मोहन निरौलाले जानकारी दिए ।
वि.सं.२०७८ भदौ १७ बिहीवार ०१:१४
















