घट्यो कोरोना संक्रमितको संख्या
काठमाडौं, १२ भदौ ।
पछिल्लो २४ घण्टामा देशभर९ हजार ४०९ जनाको पीसीआर परीक्षण गर्दा १ हजार ५१६ र ३ हजार ७६७ को एन्टिजेन परीक्षणमा ३४१ जना गरी १ हजार ८५७ जनामा कोरोना संक्रमण देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
यस्तै कोरोना संक्रमणबाट थप २७ जनाको मृत्यु भएको छ भने २ हजार २२२ जना संक्रमणमुक्त भएका छन् ।

शुक्रबार थपिएसँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या ७ लाख ५८ हजार ८ पुगेको छ । योसँगै नेपाल मृत्यु हुनेको संख्या १० हजार ६९० पुगेको छ भने ७ लाख १० हजार ४५२ जना संक्रमणमुक्त भएका छन् ।
मन्त्रालयका अनुसार हाल देशभर सक्रिय संक्रमितको संख्या ३६ हजार ८६६ जना रहेका छन् । जसमध्ये ३३ हजार ८३५ जना होम आइसोलेसनमा रहेका छन् भने ३ हजार ३१ जना संस्थागत आइसोलेसनमा रहेका छन् । कोरोनाका बिरामीमध्ये ६१५ जना आईसीयू र १७४ जना भेन्टिलेटरमा उपचाररत् छन् ।
वि.सं.२०७८ भदौ १२ शनिवार २३:१७
















