View Point Long Banner Ad

लड्डुको स्वाद नजाँदै टाउकोमा घन बजारियो : प्रचण्ड

काठमाडौँ, १२ भदौ ।

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले भातृसंगठन योङ कम्युनिष्ट लिग नेपालको राष्ट्रिय भेलालाई शनिबार काठमाडौंमा सम्बोधनका क्रममा अध्यक्ष दाहालले एउटा लडाइँ जितेर उत्सव मनाउन नपाउँदै नेकपालाई खारेज गरिदिएर दुईवटा पार्टी बनाइदिएको पनि गुनासो गरे।

पुस ५ को प्रतिनिधिसभा विघटनविरुद्धको लडाइँ जितिसकेको अवस्थामा अदालतले पार्टी फुटाइदिएर झट्का दिएको बताएका छन्।

‘प्रतिनिधिसभा फर्किँदा माधवजी र मैले लड्डु खायौँ। लड्ठडुको स्वाद जान नपाउँदै अदालतले टाउकोमा घन हान्यो, पार्टी नै दुइटा बनाइदियो’, उनले फागुन २३ को सर्वोच्चको फैसलातर्फ संकेत गर्दै भने, ‘बल्ल बल्ल त्यो घनको चोट निको बनाएर हामी अहिले उठ्दैछौँ। ओलीविरुद्धको लडाइँमा हामी बल्ल विजयी भएका छौँ।’

प्रचण्डले अब माओवादीले आफैं राष्ट्रको नेतृत्व लिने गरी लाग्नुपर्ने पनि बताए। ‘अब हामीले राष्ट्रको नेतृत्व लिने गरी तयार हुनुपर्छ’, उनले भने, ‘अब हामी झगडा गर्नु हुँदैन। झगडा गरेको थाहा पाए प्रतिक्रान्तिकारीहरुले टाउको उठाउँछन्।’

उनले आफू पार्टी अध्यक्ष र प्रधानमन्त्री भएकाले बिदा लिने सोचमा रहेको पनि सुनाए। ‘प्रधानमन्त्री भएँ, पार्टी अध्यक्ष पनि भइसकेँ।

अब पार्टीबाट बिदा लिएर संस्मरण लेख्छु’, उनले भने, ‘अब म छिट्टै बिदा लिन्छु तर त्यसका लागि तपाईंहरु तयार हुनुपर्यो। छिट्टै भनेको त्यो भोलि नै होइन। अब तपाईंहरु नेतृत्वमा आउन तयार हुनुपर्छ।’

 


मञ्जुर सर्त मायामाको अपार माया पछि सचिन खड्को अर्काे गीत ‘तिमी भन्नु नै जिन्दगी हो सार्वजनिक

मञ्जुर सर्त मायामाको अपार माया पछि सचिन...

वि.सं.२०८२ चैत २० शुक्रवार ११:०१

  मञ्जुर सर्त मायाको अपार माया पछि सचिन खड्को अर्काे...

सर्जक नबिनबाबु विश्वकर्माका केहि तस्विरहरु

सर्जक नबिनबाबु विश्वकर्माका केहि तस्विरहरु

वि.सं.२०८२ पुस २२ मंगलवार ०९:५९

 

फेरि भेटियो अकबरे खुर्सानीमा अत्यधिक विषादी

फेरि भेटियो अकबरे खुर्सानीमा अत्यधिक विषादी

वि.सं.२०८२ असोज ३० बिहीवार १३:४२

काठमाडौँ । कालीमाटी तरकारी बजारमा बिक्रीका लागि ल्याएको अकबरे खुर्सानीमा...

पर्सा प्रहरीद्वारा ६७ युनिट रगत सङ्कलन

पर्सा प्रहरीद्वारा ६७ युनिट रगत सङ्कलन

वि.सं.२०८२ असोज ३० बिहीवार १३:३९

वीरगञ्ज  । ७० औँ नेपाल प्रहरी दिवसका अवसरमा  जिल्ला प्रहरी...

जेनजीका माग पूरा गर्न सरकारले अहोरात्र काम गरिरहेको छ : सञ्चारमन्त्री खरेल

जेनजीका माग पूरा गर्न सरकारले अहोरात्र काम...

वि.सं.२०८२ असोज ३० बिहीवार १३:३७

काठमाडौँ । सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले जेनजी पुस्ताका...

प्रेस काउन्सिल नेपालद्वारा तथ्य जाँच कार्यदल गठन

प्रेस काउन्सिल नेपालद्वारा तथ्य जाँच कार्यदल गठन

वि.सं.२०८२ असोज २९ बुधवार १९:१२

काठमाडौँ । प्रेस काउन्सिल नेपालले तथ्य जाँच कार्यदल गठन गरेको...