मेस्से फ्राङफर्टमा अटोमेकानिका २०२४
जर्मनीको फ्राङफर्टमा अटोमेकानिका मेला २०२४, सेप्टेम्बर १०- १४ भएको हो। संसारको ठूलोमध्येको व्यापार मेला भएकाले संसारको सबैभन्दा पुरानो मध्येको प्रदर्शनी आयोजक मेस्से फ्राङफर्टले आयोाजना गरेको अटोमेकानिका नेपाली व्यावसायीहरुले सहभागी भएर लाभ लिनु भएको छ। मेस्से फ्राङफर्टले आयोजना गर्ने व्यापार मेलामध्ये अटोमेकानिका महत्पवूर्ण मेला हो। अटोमेकानिका अन्तर्राष्ट्रिय अटोमोटिभ आफ्टरमार्केट, विश्वकै आकर्षक र नवीनतम व्यापार मेला हो। मेस्से फ्राङफर्टले अटोमेकानिका फ्राङफर्टका साथै विश्वका १४ स्थानमा गर्दै आएको छ। २०२४ अटोमेकानिका फ्राङफर्टमा ८० देशका ४२०० प्रदर्शकहरूले व्यापार, कार्यशाला र उद्योगका लागि आफ्ना नयाँ उत्पादनहरू र नवीन समाधानहरू प्रस्तुत गरे। अटोमेकानिकामा पार्टस एन्ड कम्पोनेन्टस्, न्यू इनर्जी एन्ड कनेक्टिभिटी, इलेक्ट्रिक एन्ड इलेक्ट्रिोनिक्स, डाइग्नोस्टिक एन्ड रिपेयर, बडी एन्ड पेन्ट, एसोसिरिज, कस्टमाइजिङ, टायर एन्ड ह्वील डिजिटल सोलुसन तथा सर्भिस सम्बन्धि उत्पादनहरु प्रदर्शनीमा थिए। विश्वभरका उत्पादक र उपभोक्ताबीच नवीनतम प्रविधि, उत्पादन र नेटवर्किङका स्थापित गराउन मेस्से फ्राङफर्टले भूमिका निर्वाह गर्दै आएको छ। अटोमेकानिकाले उत्पादन उद्योग, रिपेयर सप र अटोमोटिभ व्यापारलाई एकै ठाउँमा भेला पारेर छलफल, बहस र व्यापारको अवसर प्रदान गर्दै आएको छ। यो मेलाले नेपाली व्यावसायीले विश्वभरीका अटोमोटिभ क्षेत्रबारेमा बृहत्तर ज्ञान हासिल गर्ने अवसर प्रदान गर्दै आएको छ।
वि.सं.२०८१ असोज १३ आइतवार २२:५३
















