View Point Long Banner Ad

बाढीपहिरोले कालीमाटी होलसेल बजारमा महँगियो तरकारी

काठमाडौं । काठमाडौं उपत्यकासहित देशका विभिन्न क्षेत्रमा गएको बाढीपहिरोले कालीमाटीमा तरकारी महँगिएको छ । पहिरोले राजमार्ग अवरुद्ध हुँदा कालीमाटीमा तरकारीको आपूर्ति हुन सकेको छैन । साथै मौज्दात तरकारीमा समेत क्षति पुगेपछि कालीमाटीमा आइतबार अधिकांश तरकारी महँगिएको छ ।

कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिका अनुसार सानो गोलभेँडा, लौका, हरियो फर्सी, इस्कुस, पालुगो साग, तोरीको सागको भाउ दुई दिनमै दोब्बर भएको छ । प्याज, बन्दा, काउली, मुला, बोडी, तिते करेला, लौका, घिरौंला, हरियो फर्सी, इस्कुस, साग लगायत सबैजसो तरकारीको भाउ उच्च दरले महँगिएको छ ।

समितिका अनुसार आइतबार भारतीय ठूलो गोलभेँडा प्रतिकिलो अधिकतम १२० रुपैयाँ छ । त्यस्तै सानो गोलभेँडा ८०, टनेल गोलभेँडा १००, रातो आलु ८२, भारतीय प्याज १२२, स्थानीय काउली १५०, तने बोडी १२०, घिउ सिमी १००, तिते करेला १२०, लौका १००, घिरौंला १४०, रायो साग १५०, पालुगो साग २००, तोरीको साग १००, कन्य च्याउ १८०, डल्ले च्याउ ३२० रुपैयाँ प्रतिकिलोमा कारोबार भएको छ ।

केही दिनअघिसम्म प्रतिकिलो ३० रुपैयाँ रहेको इस्कुस ६० रुपैयाँ पुगेको छ । स्थानीय बन्दा ९०, पाकेको फर्सी ५०, हरियो फर्सी ६० रुपैयाँ प्रतिकिलो पुगेको छ ।


मञ्जुर सर्त मायामाको अपार माया पछि सचिन खड्को अर्काे गीत ‘तिमी भन्नु नै जिन्दगी हो सार्वजनिक

मञ्जुर सर्त मायामाको अपार माया पछि सचिन...

वि.सं.२०८२ चैत २० शुक्रवार ११:०१

  मञ्जुर सर्त मायाको अपार माया पछि सचिन खड्को अर्काे...

सर्जक नबिनबाबु विश्वकर्माका केहि तस्विरहरु

सर्जक नबिनबाबु विश्वकर्माका केहि तस्विरहरु

वि.सं.२०८२ पुस २२ मंगलवार ०९:५९

 

फेरि भेटियो अकबरे खुर्सानीमा अत्यधिक विषादी

फेरि भेटियो अकबरे खुर्सानीमा अत्यधिक विषादी

वि.सं.२०८२ असोज ३० बिहीवार १३:४२

काठमाडौँ । कालीमाटी तरकारी बजारमा बिक्रीका लागि ल्याएको अकबरे खुर्सानीमा...

पर्सा प्रहरीद्वारा ६७ युनिट रगत सङ्कलन

पर्सा प्रहरीद्वारा ६७ युनिट रगत सङ्कलन

वि.सं.२०८२ असोज ३० बिहीवार १३:३९

वीरगञ्ज  । ७० औँ नेपाल प्रहरी दिवसका अवसरमा  जिल्ला प्रहरी...

जेनजीका माग पूरा गर्न सरकारले अहोरात्र काम गरिरहेको छ : सञ्चारमन्त्री खरेल

जेनजीका माग पूरा गर्न सरकारले अहोरात्र काम...

वि.सं.२०८२ असोज ३० बिहीवार १३:३७

काठमाडौँ । सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले जेनजी पुस्ताका...

प्रेस काउन्सिल नेपालद्वारा तथ्य जाँच कार्यदल गठन

प्रेस काउन्सिल नेपालद्वारा तथ्य जाँच कार्यदल गठन

वि.सं.२०८२ असोज २९ बुधवार १९:१२

काठमाडौँ । प्रेस काउन्सिल नेपालले तथ्य जाँच कार्यदल गठन गरेको...