View Point Long Banner Ad

वर्षाका कारण देशका अधिकांश स्थानको जनजीवन प्रभावित

काठमाडौं । निरन्तरको वर्षाका कारण काठमाडौं सहित देशका अधिकांश स्थानको जनजीवन प्रभावित भएको छ ।

हाल देशका अधिकांश स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेको जल तथा मौसम विभान विभागले जनाएको छ । पछिल्लो ४ घण्टायता कोशी प्रदेशका थोरै स्थानमा भारी वर्षा भइरहेको विभागले जनाएको छ । अत्यधिक वर्षाका कारण हालसम्म देशका १६ स्थानमा चेतावनीको तह पार गरेको छ ।

विभागका अनुसार कोशी प्रदेशका मोरङ, झापा, उदयपुर र इलाम जिल्लामा राखिएका वर्षा मापन केन्द्रमा अत्यधिक वर्षाको रेकर्ड रहेको छ । मधेश प्रदेशको सप्तरी र लुम्बिनीको पाल्पामा पनि अत्यधिक वर्षा भएको छ ।

आगामी २४ घण्टासम्म देशभर नै मनसुन सक्रिय रहने महाशाखाले जनाएको छ । कोशी, मधेश, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका केही तथा सुदूरपश्चिम र कर्णाली प्रदेशका थोरै स्थानमा भारी वर्षाको सम्भावना रहेको विभागले जनाएको छ ।

ती क्षेत्रमा वर्षाका कारण गेग्रान बहाव, बाढी, पहिरो र डुबानको समस्या आउन सक्ने भन्दै सतर्कता अपनाउन विभागले आग्रह गरेको छ । कोशी, नारायणी, कन्काई, कमला, बागमती, राप्ती, बबई नदीमा बाढीको जोखिम औल्याइएको छ ।

निरन्तरको वर्षाले सडकमार्ग मात्रै नभई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल बाट हुने उडान अवतरण पनि प्रभावित भएका छन् । शुक्रबार बिहानलाई तय भएका धेरैजसो उडान प्रतिकूल मौसमका कारण प्रभावित भएको विमानस्थल कार्यालयले जनाएको छ ।

बिहानलाई तय भएका चार वटा माउन्टेन फ्लाइट रद्द भएका छन् । यसैगरी बिहान उड्ने तय भएका ६ वटा उडान डिले भएका छन् ।


मञ्जुर सर्त मायामाको अपार माया पछि सचिन खड्को अर्काे गीत ‘तिमी भन्नु नै जिन्दगी हो सार्वजनिक

मञ्जुर सर्त मायामाको अपार माया पछि सचिन...

वि.सं.२०८२ चैत २० शुक्रवार ११:०१

  मञ्जुर सर्त मायाको अपार माया पछि सचिन खड्को अर्काे...

सर्जक नबिनबाबु विश्वकर्माका केहि तस्विरहरु

सर्जक नबिनबाबु विश्वकर्माका केहि तस्विरहरु

वि.सं.२०८२ पुस २२ मंगलवार ०९:५९

 

फेरि भेटियो अकबरे खुर्सानीमा अत्यधिक विषादी

फेरि भेटियो अकबरे खुर्सानीमा अत्यधिक विषादी

वि.सं.२०८२ असोज ३० बिहीवार १३:४२

काठमाडौँ । कालीमाटी तरकारी बजारमा बिक्रीका लागि ल्याएको अकबरे खुर्सानीमा...

पर्सा प्रहरीद्वारा ६७ युनिट रगत सङ्कलन

पर्सा प्रहरीद्वारा ६७ युनिट रगत सङ्कलन

वि.सं.२०८२ असोज ३० बिहीवार १३:३९

वीरगञ्ज  । ७० औँ नेपाल प्रहरी दिवसका अवसरमा  जिल्ला प्रहरी...

जेनजीका माग पूरा गर्न सरकारले अहोरात्र काम गरिरहेको छ : सञ्चारमन्त्री खरेल

जेनजीका माग पूरा गर्न सरकारले अहोरात्र काम...

वि.सं.२०८२ असोज ३० बिहीवार १३:३७

काठमाडौँ । सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले जेनजी पुस्ताका...

प्रेस काउन्सिल नेपालद्वारा तथ्य जाँच कार्यदल गठन

प्रेस काउन्सिल नेपालद्वारा तथ्य जाँच कार्यदल गठन

वि.सं.२०८२ असोज २९ बुधवार १९:१२

काठमाडौँ । प्रेस काउन्सिल नेपालले तथ्य जाँच कार्यदल गठन गरेको...