View Point Long Banner Ad

सत्ता गठबन्धनबीच मन्त्रालय बाँडफाँट टुंगो

माधव नेपाल नेतृत्वको प्रस्तावित नेकपा एकीकृत समाजवादीले ५ मन्त्रालयसहित एकजना राज्यमन्त्री

काठमाडौं, ६ भदौ

प्रधानमन्त्री शेरबहादर देउवा नेतृत्वको गठबन्धन सरकारले मन्त्रिपरिषद्लाई पूर्णता दिने तयारी गरेको छ । सत्ता गठबन्धनबीच मन्त्रालय बाँडफाँट टुंगो लागेको छ ।

स्रोतका अनुसार एमालेबाट विभाजित माधव नेपाल नेतृत्वको प्रस्तावित नेकपा एकीकृत समाजवादीले ६ जना मन्त्री पाउने भएको छ । नेपाल पक्षले सरकारमा माओवादी बराबरकै हैसियतामा सहभागिता पाउने भएको हो ।नेपाल पक्षले ५ मन्त्रालयसहित एकजना राज्यमन्त्री सो पार्टीले पाउने तय भएको स्रोतको भनाई छ । दल दर्ताको प्रक्रिया टुंगिएलगत्तै मन्त्रिपरिषद्ले पूर्णता पाउने भएको हो ।

माधव नेपाललाई साथ दिएका लगभग सबै सांसदलाई सरकार पूरा अवधि चल्दा पालो गरेर मन्त्री बनाउने अनौपचारिक समझदारी बनेको छ । नेकपा समाजवादीबाट सरकारको नेतृत्व गर्न वामदेव गौतमले पनि इच्छा व्यक्त गरेका छन् । तर सो पार्टीभित्रै गौतमलाई कुनै हालतमा दिन नहुने मत पनि देखिएको छ ।

माधव नेपालको पार्टीबाट सरकारमा जान पाउने सम्भावना नदेखिएपछि गौतम सचिवालयले एमालेमै रहेको विज्ञप्ति समेत सार्वजनिक गरेको हो ।‘तत्कालीन नेकपामा वामदेवले ओली वा प्रचण्डमध्ये एकजनाको पक्षमा उभिएका भए सचिवालयमा बहुमत हुन्थ्यो र पार्टी नफुट्न सक्थ्यो । उनको चरित्र अहिले पनि त्यस्तै हो र उनीसँग कोही मान्छे पनि छैनन् । हामीले जोखिम मोलेर स्थापित गरेको सरकारमा भाग खोज्न लाज हुनुपर्ने हो ।’ माधव नेपालनिकट एक नेताको भनाई छ ।

गौतमबाहेक साबिक एमाले स्थायी कमिटी सदस्यबाट सरकारको नेतृत्व गर्दा मुकुन्द न्यौपाने र बेदुराम भुसाल छन् । बाँकी ४ र एक राज्यमन्त्रीमा प्रेम आले, विरोध खतिवडा, रामकुमारी झाँक्री, किसान श्रेष्ठ लगभग निश्चित नेपालनिकट स्रोतको भनाई छ ।

जीवनराम श्रेष्ठ र कृष्णलाल महर्जनमध्ये एकजना मेटमणि चौधरी र हिराचन्द्र केसीमध्ये एकजनाले मौका पाउने सम्भावना रहेको छ । नेपाल समूहमै राष्ट्रियसभामा कलम चिह्नबाट विजयी भएका डा. खिमलाल देवकोटाको नाम पनि चर्चामा छ ।

माधव नेपालको पार्टीले उपसभामुख पनि पाउन सक्ने सम्भावना छ । यद्यपि उपसभामुख, संसदीय समितिका सभापति र अन्य राजनीतिक नियुक्तिको बारेमा टुंगो लाग्न बाँकी छ ।


मञ्जुर सर्त मायामाको अपार माया पछि सचिन खड्को अर्काे गीत ‘तिमी भन्नु नै जिन्दगी हो सार्वजनिक

मञ्जुर सर्त मायामाको अपार माया पछि सचिन...

वि.सं.२०८२ चैत २० शुक्रवार ११:०१

  मञ्जुर सर्त मायाको अपार माया पछि सचिन खड्को अर्काे...

सर्जक नबिनबाबु विश्वकर्माका केहि तस्विरहरु

सर्जक नबिनबाबु विश्वकर्माका केहि तस्विरहरु

वि.सं.२०८२ पुस २२ मंगलवार ०९:५९

 

फेरि भेटियो अकबरे खुर्सानीमा अत्यधिक विषादी

फेरि भेटियो अकबरे खुर्सानीमा अत्यधिक विषादी

वि.सं.२०८२ असोज ३० बिहीवार १३:४२

काठमाडौँ । कालीमाटी तरकारी बजारमा बिक्रीका लागि ल्याएको अकबरे खुर्सानीमा...

पर्सा प्रहरीद्वारा ६७ युनिट रगत सङ्कलन

पर्सा प्रहरीद्वारा ६७ युनिट रगत सङ्कलन

वि.सं.२०८२ असोज ३० बिहीवार १३:३९

वीरगञ्ज  । ७० औँ नेपाल प्रहरी दिवसका अवसरमा  जिल्ला प्रहरी...

जेनजीका माग पूरा गर्न सरकारले अहोरात्र काम गरिरहेको छ : सञ्चारमन्त्री खरेल

जेनजीका माग पूरा गर्न सरकारले अहोरात्र काम...

वि.सं.२०८२ असोज ३० बिहीवार १३:३७

काठमाडौँ । सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले जेनजी पुस्ताका...

प्रेस काउन्सिल नेपालद्वारा तथ्य जाँच कार्यदल गठन

प्रेस काउन्सिल नेपालद्वारा तथ्य जाँच कार्यदल गठन

वि.सं.२०८२ असोज २९ बुधवार १९:१२

काठमाडौँ । प्रेस काउन्सिल नेपालले तथ्य जाँच कार्यदल गठन गरेको...