माओवादी केन्द्रले तोक्यो सात प्रदेशमध्ये ६ प्रदेशको इन्चार्ज
प्रदेश १ मा भने अध्यक्ष प्रचण्डलाई निर्णय गर्ने जिम्मा
काठमाडौं, ६ भदौ ।
नेकपा (माओवादी केन्द्र)ले सात प्रदेशमध्ये ६ प्रदेशको इन्चार्ज तोकेको छ । शनिबार र आइतबार बसेको सो पार्टीको स्थायी समिति बैठकमा नेताहरुको जिम्मेवारीका विषयमा भएको छलफलपछि प्रदेश इन्चार्ज तोकिएको हो ।
माओवादी स्थायी समिति सदस्य गणेश साहका अनुसार
प्रदेश २ को इन्चार्जमा गणेश साह,
वागमतीमा हितमान शाक्य,
गण्डकीमा हितराज पाण्डे,
लुम्बिनीमा चक्रपाणी खनाल,
कर्णालीमा शक्ति बस्नेत
सुदूरपश्चिममा खगराज भट्टलाई इन्चार्ज तोकिएको छ ।
त्यस्तै प्रदेश १ मा भने अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई निर्णय गर्न छोडिएको छ ।
वि.सं.२०७८ भदौ ६ आइतवार २२:०२
















