View Point Long Banner Ad

श्रीलंकाका पूर्वराष्ट्रपति गोटाबाया राजापाक्ष काठमाडौंमा

काठमाडौं । श्रीलंकाका पूर्वराष्ट्रपति गोटाबाया राजापाक्षे आज नेपाल भ्रमणमा आएका छन् ।

सोमबार बिहान उनी त्रिभुवन अन्तराष्ट्रिय विमान स्थलमा अवतरण गरेका हुन् । उनी व्यक्तिगत रुपमा लुम्बिनी भ्रमणका लागि नेपाल आएको बताइएको छ । तर राजापाक्षेसँग चौधरी ग्रुपको राम्रो सम्बन्ध रहेका कारण सांसद समेत रहेका बिनोद चौधरीको निमन्त्रणामा काठमाडौं आएका स्रोतले जनाएको छ ।

चौधरी ग्रुपले राजापाक्षे राष्ट्रपति भएका बेला श्रीलंकामा समेत विभिन्न क्षेत्रमा लगानी गरेको र उनलाई नेपाल भ्रमणका लागि यस अघिबाटै आग्रह गरिन्दै आएको थियो। काठमाडौं अवतरण गर्ने बित्रिकै राजापाक्षे सिधै ललितपुरको झमसीखेलस्थित होटल भिभान्तामा गएका र आज उनको बसाइ त्यही हुनेछ । पारिवारिक भ्रमणमा आएका राजापाक्षेले नवलपरासीको शास्वतधामस्थित बुद्धिस्ट सेन्टरको भ्रमण गर्ने,त्यसैगरी उनले बुद्ध जन्मस्थल लुम्विनीको पनि भ्रमण गर्ने कार्यक्रम रहेको छ । भ्रमणको व्यवस्थापन नेपालस्थित श्रीलंकाली दूतावासले गरिरहेको छ ।

राजापाक्षे २ वर्षअघि श्रीलंकाका राष्ट्रपति रहेका थिए। तर उनी श्रीलंकामा भएको आर्थिक मन्दीपछि आन्दोलन चर्किएपछि उनी शैन्य शिविरमा शरण लिन बाध्य भएका थिए । प्रदर्शनकारीले राष्ट्रपति भवन कब्जा गरेका थिए।

उक्त आन्दोलनपछि श्रीलंकामा गत शनिबार पहिलो पटक राष्ट्रपतिको निर्वाचन भएको थियो । सो निर्वाचनबाट बामपन्थी नेता अनुरा कुमारा दिसानायके राष्ट्रपति निर्वाचित भएका छन्। उनले आज पद तथा गोपनियताको सपथ पनि लिएका छन् ।


शितल गुरुङ र कल्पना सोनीको परेवा जोडी गीत सार्वजनिक

शितल गुरुङ र कल्पना सोनीको परेवा जोडी...

वि.सं.२०८३ असार ४ बिहीवार १३:२३

शितल गुरुङ र कल्पना सोनीको परेवा जोडी गीत सार्वजनिक भयो,...

मञ्जुर सर्त मायामाको अपार माया पछि सचिन खड्को अर्काे गीत ‘तिमी भन्नु नै जिन्दगी हो सार्वजनिक

मञ्जुर सर्त मायामाको अपार माया पछि सचिन...

वि.सं.२०८२ चैत २० शुक्रवार ११:०१

  मञ्जुर सर्त मायाको अपार माया पछि सचिन खड्को अर्काे...

सर्जक नबिनबाबु विश्वकर्माका केहि तस्विरहरु

सर्जक नबिनबाबु विश्वकर्माका केहि तस्विरहरु

वि.सं.२०८२ पुस २२ मंगलवार ०९:५९

 

फेरि भेटियो अकबरे खुर्सानीमा अत्यधिक विषादी

फेरि भेटियो अकबरे खुर्सानीमा अत्यधिक विषादी

वि.सं.२०८२ असोज ३० बिहीवार १३:४२

काठमाडौँ । कालीमाटी तरकारी बजारमा बिक्रीका लागि ल्याएको अकबरे खुर्सानीमा...

पर्सा प्रहरीद्वारा ६७ युनिट रगत सङ्कलन

पर्सा प्रहरीद्वारा ६७ युनिट रगत सङ्कलन

वि.सं.२०८२ असोज ३० बिहीवार १३:३९

वीरगञ्ज  । ७० औँ नेपाल प्रहरी दिवसका अवसरमा  जिल्ला प्रहरी...

जेनजीका माग पूरा गर्न सरकारले अहोरात्र काम गरिरहेको छ : सञ्चारमन्त्री खरेल

जेनजीका माग पूरा गर्न सरकारले अहोरात्र काम...

वि.सं.२०८२ असोज ३० बिहीवार १३:३७

काठमाडौँ । सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले जेनजी पुस्ताका...