View Point Long Banner Ad

भारतमा एक नेपाली महिलाको विभत्स हत्या,४० टुक्रा पारेर शव फ्रीजमा

एजेन्सी । भारतको बेंगलुरुको व्यालिकवल इलाकामा नेपाली महिलाको विभत्स हत्या गरेर शव फ्रिजमा राखिएको अवस्थामा भेटिएको छ ।

भारतीय पत्रिका टाइम्स् अफ इण्डियाका अनुसार हत्या गरिएकी २९ वर्षीया महालक्ष्मी दास नेपाली मूलकी नागरिक हुन् । उनको शरीरलाई टुक्रा–टुक्रा पारेर (अनुमानित २० देखि ४० को बीचमा टुक्रा) १६५ लिटरको फ्रीजमा राखिएको थियो।

महालक्ष्मीको हत्या १५ दिनअघि भएको आशंका गरिएको छ । उनको फोन सेप्टेम्बर २ देखि स्वीच अफ रहेको र मृतकका छिमेकीले दुर्गन्ध आएको गुनासो गरेपछि घटना सार्वजनिक भएको हो । छिमेकीले महालक्ष्मी बस्ने कोठामा दुर्गन्ध आएपछि प्रहरीलाई खबर गरेका थिए । त्यसपछि वरपरको क्षेत्रलाई घेरा बन्दी गरिएको थियो। यस विषयमा भारतीय प्रहरीले अनुसन्धान सुरु गरेको जनाएको छ । पति हेमन्त दाससँग सम्बन्ध विच्छेद भएपछि महालक्ष्मी बेंगलुरुमा एक्लै बसेकी थिइन्। शनिबार एक छिमेकीले महालक्ष्मी बस्दै आएकी घर मालिक जयरामलाई उनको भवनबाट आएको दुर्गन्धको बारेमा अवगत गराएका थिए । त्यसपछि जयरामले महालक्ष्मीकी आमा र दिदीलाई फोन गरेरबोलाएका थिए ।

हत्यापछि फ्रीजको ढोकाबाट निस्केको रगतले पूरै भुइँ चिप्लो भएको र खुट्टा काटेर फ्रीजमाथि राखिएको प्रहरीले जनाएको छ । महालक्षमीका शरीरका बाँकी भागहरू फ्रीजको बीच भागमा र टाउको फ्रिजको तल्लो भागमा राखिएको भेटिएको प्रहरीले जनाएको छ । तर महालक्ष्मी नेपालको कुन जिल्लाकी हुन भनेर खुलाइएको छैन । महालक्ष्मीको बाबु आमा एक दशक भन्दा बढी समयदेखि भारतमा बस्दै आएका बताइएको छ ।


शितल गुरुङ र कल्पना सोनीको परेवा जोडी गीत सार्वजनिक

शितल गुरुङ र कल्पना सोनीको परेवा जोडी...

वि.सं.२०८३ असार ४ बिहीवार १३:२३

शितल गुरुङ र कल्पना सोनीको परेवा जोडी गीत सार्वजनिक भयो,...

मञ्जुर सर्त मायामाको अपार माया पछि सचिन खड्को अर्काे गीत ‘तिमी भन्नु नै जिन्दगी हो सार्वजनिक

मञ्जुर सर्त मायामाको अपार माया पछि सचिन...

वि.सं.२०८२ चैत २० शुक्रवार ११:०१

  मञ्जुर सर्त मायाको अपार माया पछि सचिन खड्को अर्काे...

सचिन खड्काको “मनजुर सर्त मायामा” गीत सार्वजनिक

सचिन खड्काको “मनजुर सर्त मायामा” गीत सार्वजनिक

वि.सं.२०८२ मंसिर १७ बुधवार १०:५१

  सुमन के.सी. र रोजिना बस्नेतको सुमधुर आवाजमा “मनजुर सर्त...

फेरि भेटियो अकबरे खुर्सानीमा अत्यधिक विषादी

फेरि भेटियो अकबरे खुर्सानीमा अत्यधिक विषादी

वि.सं.२०८२ असोज ३० बिहीवार १३:४२

काठमाडौँ । कालीमाटी तरकारी बजारमा बिक्रीका लागि ल्याएको अकबरे खुर्सानीमा...

पर्सा प्रहरीद्वारा ६७ युनिट रगत सङ्कलन

पर्सा प्रहरीद्वारा ६७ युनिट रगत सङ्कलन

वि.सं.२०८२ असोज ३० बिहीवार १३:३९

वीरगञ्ज  । ७० औँ नेपाल प्रहरी दिवसका अवसरमा  जिल्ला प्रहरी...

जेनजीका माग पूरा गर्न सरकारले अहोरात्र काम गरिरहेको छ : सञ्चारमन्त्री खरेल

जेनजीका माग पूरा गर्न सरकारले अहोरात्र काम...

वि.सं.२०८२ असोज ३० बिहीवार १३:३७

काठमाडौँ । सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले जेनजी पुस्ताका...