View Point Long Banner Ad

कोरोना बिमाको ११.३४ अर्ब भुक्तानी बाँकी, सरकारविरुद्ध मुद्दा हाल्दै कम्पनीहरू

कोरोना बिमाको दाबी भुक्तानीका लागि सरकारले दिनुपर्ने ११ अर्ब ३४ करोड निकासा नभएपछि निर्जीवन बिमा कम्पनीहरू सरकारविरुद्ध मुद्दा हाल्ने तयारीमा जुटेका छन् । निर्जीवन बिमक संघले गत साता यो विषयमा लिखित निर्णय गरिसकेको छ ।

अब यसै साता परमादेशको माग गर्दै सर्वाेच्च अदालतमा रिट दायर गर्ने तयारी भएको बिमक संघका अध्यक्ष चंकी क्षेत्रीले बताए । ‘यसका लागि अर्थ मन्त्रालयमा पटक–पटक पहल पनि गरेका थियाैँ, अझै पनि गरिरहेका छौँ । भेटवार्तामा अर्थमन्त्रीलगायतका अर्थ मन्त्रालयका प्रतिनिधिहरूले काम हुुन्छ भन्नुहुन्छ, नाइँ भन्नुहुन्न । तर, यो शीर्षकमा बजेट पर्दैन । हामीले एक अर्ब रुपैयाँभन्दा थप बजेट पाएको अवस्था पनि छैन,’ उनले भने, ‘उता लाखौँ बिमितहरूले दाबी भुक्तानी नपाउँदा बिमा क्षेत्रको विश्वसनीयतामाथि नै प्रश्न उठ्न थाल्यो । १०औँ अर्ब रकम बिमा कम्पनीहरूले अहिले भुक्तानी दिएर पछि शोधभर्ना लिने अवस्था पनि छैन । तर, सरकार भने पैसा दिँदैन । हामी कहिलेसम्म चुप लागेर बस्ने ? तसर्थ, हामी मुद्दा नै हाल्ने निर्णय गर्न बाध्य भएका हौँ ।’

संघले यसको कानुनी तथा अदालतको प्रक्रिया अघि बढाउन ‘पायोनियर ल एसोसिएट’लाई जिम्मेवारी दिएको छ । पायोनियर ल एसोसिएटले रिट निवेदन तयार गरी सबै निर्जीवन बिमा कम्पनीहरूको प्रमुख कार्यकारी अधिकृत तथा प्रतिनिधिहरूको हस्ताक्षर गराइसकेको छ ।

यता अर्थ मन्त्रालयको प्रवक्ता महेश भट्टराईले यसबारे थप बुझेर जानकारी दिने बताए । ‘यो दुई–तीन वर्षपहिलाकै विषय हो । यसको दायित्वबापत भुक्तानी भएको छैन,’ उनले भने, ‘यसबारे थप बुझेर जानकारी दिनेछु ।’

नेपाल बिमा प्राधिकरणका अध्यक्ष सूर्यप्रसाद सिलवालले यस्तो बजेट निकासाका लागि सरकारसँग पहल भइरहेको बताए । तर, पटक–पटक ताकेता गर्दा पनि बजेट पाउन नसकेको उनको भनाइ छ ।

पायोनियर ल एसोसिएटका वरिष्ठ अधिवक्ता शिवप्रसाद रिजालले पनि कोरोना बिमाको दाबी भुक्तानीमा सरकारबाट हुनुपर्ने दायित्वको विषयमा रिट निवेदन दर्ता गर्ने तयारी भएको बताए । ‘यसमा सरकारले दाबी भुक्तानी दिनुपर्ने स्पष्ट नीति छ । तर, सरकारले त्यसअनुसार दाबी भुक्तानी नदिएको देखियो । तसर्थ, परमादेश जारी गर्न माग गर्दै रिट दर्ता गर्ने तयारीमा छौँ,’ उनले भने ।

यस्तै, कतिपय बिमितहरूले विभिन्न अदालतमा कम्पनीविरुद्ध यो विषमया मुद्दा हालेका छन् । त्यसमा नेपालगन्ज, विराटनगरलगायतका अदालतले बिमा कम्पनीलाई दाबी भुक्तानी दिनु भन्दै झन्डै १५ वटा फैसला गरिसकेका छन् । अदालतले यस्तो फैसला गर्दा कम्पनीहरू थप दबाबमा परेका छन् । तर, यो रकम दिनुपर्ने दायित्व सरकारको हो । सोही कारण पनि मुद्दा हाल्न बाध्य हुनुपरेको कम्पनीहरू बताउँछन् ।

कति भएको छ भुक्तानी ?
कोरोना बिमा सञ्चालन ०७८ असारसम्म सञ्चालन भएको थियो । त्यस अवधिमा १७ अर्ब ४४ करोड ४० लाख रुपैयाँबराबरको दाबी परेको थियो । त्यसमा हालसम्म सरकारबाट एक अर्बसहित कुल ६ अर्ब १० करोड १५ लाख भुक्तानी भएको छ । त्यसमा ११ अर्ब ३४ करोड २५ लाख रुपैयाँ भुक्तानी दिन बाँकी छ । यसमा बिमा कम्पनीहरूले आफ्नो दायित्वभन्दा डेढ अर्ब रुपैयाँ बढी भुक्तानी गरेका छन् । त्यो रकम शोधभर्ना दिनुपर्ने अवस्था आएमा सरकारले थप रकम दिनुपर्ने हुन सक्छ ।

यस कारण सरकारले दिनुपर्छ भुक्तानी ?
कोरोनाकाल सुरु भएपछि सामाजिक उत्तरदायित्वअन्तर्गत बिमा कम्पनीहरूले ०७७ वैशाख ४ गतेबाट कोभिड–१९ (कोरोना बिमा)को कारोबार सुरु गरेका थिए । त्यसपछि आव ०७७/७८ को बजेटमा पनि यो समावेश भएको थियो । तर, कोरोना संक्रमितको संख्या बढ्न थालेपछि कम्पनीहरूले २२ जेठ ०७७ मा बन्द गरेका थिए । त्यसभन्दा पहिला बिक्री भएको पोलिसीको दायित्व लिने र बाँकी पोलिसी बिक्री नगर्ने गरी यो बन्द गरिएको थियो । तर, तत्कालीन अर्थमन्त्री डा. युवराज खतिवडाले तीन अर्ब ५० करोड रुपैयाँसम्मको दायित्व बिमा क्षेत्रले भुक्तानी गर्ने र त्यसभन्दा माथिको दायित्व सरकारले व्यहोर्ने गरी भोलिपल्टै (जेठ २३ गते) यसको कारोबार खुलाएका थिए । त्यसलगत्तै ०७७ साउन १६ गते अर्थसचिवस्तरीय निर्णयबाट कार्यविधि पनि स्वीकृत गरिएको थियो ।

कार्यविधिअनुसार नेपाल बिमा प्राधिकरण (साबिक बिमा समिति), नेपाल पुनर्बिमा कम्पनी र बिमा कम्पनीहरूले एक–एक अर्ब रुपैयाँ र कम्पनीहरूको महाविपत्ति कोषबाट ५० करोड गरी तीन अर्ब ५० करोड भुक्तानी दिने व्यवस्था छ । त्योभन्दा माथिको दायित्व सरकारबाट नै हुने कार्यविधिमा उल्लेख छ । त्यसमा बिमा क्षेत्रले आफ्नो दायित्वभन्दा पनि बढी भुक्तानी दिइसकेका छन् ।


मञ्जुर सर्त मायामाको अपार माया पछि सचिन खड्को अर्काे गीत ‘तिमी भन्नु नै जिन्दगी हो सार्वजनिक

मञ्जुर सर्त मायामाको अपार माया पछि सचिन...

वि.सं.२०८२ चैत २० शुक्रवार ११:०१

  मञ्जुर सर्त मायाको अपार माया पछि सचिन खड्को अर्काे...

सर्जक नबिनबाबु विश्वकर्माका केहि तस्विरहरु

सर्जक नबिनबाबु विश्वकर्माका केहि तस्विरहरु

वि.सं.२०८२ पुस २२ मंगलवार ०९:५९

 

सचिन खड्काको “मनजुर सर्त मायामा” गीत सार्वजनिक

सचिन खड्काको “मनजुर सर्त मायामा” गीत सार्वजनिक

वि.सं.२०८२ मंसिर १७ बुधवार १०:५१

  सुमन के.सी. र रोजिना बस्नेतको सुमधुर आवाजमा “मनजुर सर्त...

फेरि भेटियो अकबरे खुर्सानीमा अत्यधिक विषादी

फेरि भेटियो अकबरे खुर्सानीमा अत्यधिक विषादी

वि.सं.२०८२ असोज ३० बिहीवार १३:४२

काठमाडौँ । कालीमाटी तरकारी बजारमा बिक्रीका लागि ल्याएको अकबरे खुर्सानीमा...

पर्सा प्रहरीद्वारा ६७ युनिट रगत सङ्कलन

पर्सा प्रहरीद्वारा ६७ युनिट रगत सङ्कलन

वि.सं.२०८२ असोज ३० बिहीवार १३:३९

वीरगञ्ज  । ७० औँ नेपाल प्रहरी दिवसका अवसरमा  जिल्ला प्रहरी...

जेनजीका माग पूरा गर्न सरकारले अहोरात्र काम गरिरहेको छ : सञ्चारमन्त्री खरेल

जेनजीका माग पूरा गर्न सरकारले अहोरात्र काम...

वि.सं.२०८२ असोज ३० बिहीवार १३:३७

काठमाडौँ । सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले जेनजी पुस्ताका...