View Point Long Banner Ad

०८४ मा रास्वपा राँको बनेर आउँछ : लामिछाने

राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले ०८४ मा आफ्नो पार्टी राँको बनेर आउने बताएका छन् । सुर्खेतको वीरेन्द्रनगरमा शनिबार भएको रास्वपाको कर्णाली प्रदेश भेलालाई सम्बोधन गर्दै उनले रास्वपा सकिन्छ भन्ने नसोच्न चेतावनी दिए । ‘रविलाई सिध्याउन सके रास्वपा सकिन्छ भन्ने सोचेका होलान्, असम्भव। ०७९ मा झिल्को बन्यौँ, ०८४ मा राँको बनेर आउँछौँ ।’

कांग्रेस–एमालेको वर्तमान सत्तागठबन्धनबाट जनताले केही पाउन नसक्ने भन्दै उनले बाँकी तीन वर्ष बाँडीचुँडी खाने मात्र भएको जिकिर गरे । ‘अनुभवी लुटेराको गठबन्धनबाट केही आशा गर्न सकिँदैन, परिवर्तन केही हुनेछैन,’ उनले भने, ‘हदै भए, बाँकी तीन वर्ष बाँडीचुँडी खानुहोला, ०८४ मा त घण्टी बज्छ–बज्छ ।’ उनले सहकारी प्रकरणमा आफ्नो कुनै संलग्नता नरहेको बताए । ‘हुँदै नभएको प्रमाण १२–१४ महिना खोज्दा भेटेनन् । भेटेका भए किन छोड्थे ? अझै डाम्न सकिन्छ कि भन्ने प्रयासमा छन् । तर, सक्दैनन् । किनकि, मैले कुनै कमजोरी गरेको छैन,’ उनले भने । पार्टीमा काम गर्नेहरूले जनताको एजेन्डा बोक्नु पर्ने धारणा राखे। उनले भने, ‘पार्टीमा पहिला लागेको भनेर अवसर पाइँदैन । प्रतिस्पर्धामा जो अब्बल हुन्छ, उसैले अवसर पाउँछ ।’


मञ्जुर सर्त मायामाको अपार माया पछि सचिन खड्को अर्काे गीत ‘तिमी भन्नु नै जिन्दगी हो सार्वजनिक

मञ्जुर सर्त मायामाको अपार माया पछि सचिन...

वि.सं.२०८२ चैत २० शुक्रवार ११:०१

  मञ्जुर सर्त मायाको अपार माया पछि सचिन खड्को अर्काे...

सचिन खड्काको “मनजुर सर्त मायामा” गीत सार्वजनिक

सचिन खड्काको “मनजुर सर्त मायामा” गीत सार्वजनिक

वि.सं.२०८२ मंसिर १७ बुधवार १०:५१

  सुमन के.सी. र रोजिना बस्नेतको सुमधुर आवाजमा “मनजुर सर्त...

फेरि भेटियो अकबरे खुर्सानीमा अत्यधिक विषादी

फेरि भेटियो अकबरे खुर्सानीमा अत्यधिक विषादी

वि.सं.२०८२ असोज ३० बिहीवार १३:४२

काठमाडौँ । कालीमाटी तरकारी बजारमा बिक्रीका लागि ल्याएको अकबरे खुर्सानीमा...

पर्सा प्रहरीद्वारा ६७ युनिट रगत सङ्कलन

पर्सा प्रहरीद्वारा ६७ युनिट रगत सङ्कलन

वि.सं.२०८२ असोज ३० बिहीवार १३:३९

वीरगञ्ज  । ७० औँ नेपाल प्रहरी दिवसका अवसरमा  जिल्ला प्रहरी...

जेनजीका माग पूरा गर्न सरकारले अहोरात्र काम गरिरहेको छ : सञ्चारमन्त्री खरेल

जेनजीका माग पूरा गर्न सरकारले अहोरात्र काम...

वि.सं.२०८२ असोज ३० बिहीवार १३:३७

काठमाडौँ । सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले जेनजी पुस्ताका...

प्रेस काउन्सिल नेपालद्वारा तथ्य जाँच कार्यदल गठन

प्रेस काउन्सिल नेपालद्वारा तथ्य जाँच कार्यदल गठन

वि.सं.२०८२ असोज २९ बुधवार १९:१२

काठमाडौँ । प्रेस काउन्सिल नेपालले तथ्य जाँच कार्यदल गठन गरेको...