View Point Long Banner Ad

परराष्ट्रमन्त्री डा राणा र विदेश विभाग प्रमुख डा चौथाइवालेबीच भेटवार्ता

काठमाडौँ । भारतको औपचारिक भ्रमणका क्रममा नयाँदिल्लीमा रहेकी परराष्ट्रमन्त्री एवं नेपाली कांग्रेसकी नेत्री डा आरजु राणा देउवा र भारतीय जनता पार्टीका विदेश विभाग प्रमुख डा विजय चौथाइवालेबीच बुधबार भेटवार्ता भएको छ ।

भेटमा उनीहरुबीच नेपाल–भारत सम्बन्धका विविध आयाम, कांग्रेस र भाजपाबीचको सम्बन्धलगायत विषयमा छलफल भएको मन्त्रीको सचिवालयले जनाएको छ । सो अवसरमा मन्त्री डा राणाले भारत भ्रमणका क्रममा आतिथ्यताका लागि भारत सरकार र भारतीय जनतालाई उनीमार्फत धन्यवाद व्यक्त गरेको सामाजिक सञ्जालमा उल्लेख गरेकी छिन् ।

भ्रमणका क्रममा मन्त्री डा राणाले भदौ ३ गते भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग शिष्टाचार भेटवार्ता गरेकी थिइन् । त्यस्तै सोही दिन आफ्ना भारतीय समकक्षी विदेशमन्त्री एस जयशङ्करसँगसमेत भेटवार्ता गरेकी छिन् ।

भारतीय विदेशमन्त्री जयशङ्करको निमन्त्रणामा मन्त्री डा राणा भारतको औपचारिक भ्रमणका लागि आइतबार नयाँदिल्ली पुगेकी थिइन् । मन्त्री डा राणा आज स्वदेश फर्किने कार्यक्रम छ ।


जेनजीका माग पूरा गर्न सरकारले अहोरात्र काम गरिरहेको छ : सञ्चारमन्त्री खरेल

जेनजीका माग पूरा गर्न सरकारले अहोरात्र काम...

वि.सं.२०८२ असोज ३० बिहीवार १३:३७

काठमाडौँ । सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले जेनजी पुस्ताका...

प्रतिनिधिसभा पुनर्स्थापनामा सभामुखले पाएनन् दलहरुको ‘ग्रीन सिग्नल’

प्रतिनिधिसभा पुनर्स्थापनामा सभामुखले पाएनन् दलहरुको ‘ग्रीन सिग्नल’

वि.सं.२०८२ असोज २९ बुधवार १८:११

काठमाडौँ । विघटित प्रतिनिधिसभामा प्रतिनिधित्व गर्ने राजनीतिक दलहरूमध्ये नेकपा एमाले...

मन्त्री घिसिङ र जर्मन राजदूतबिच भेटवार्ता

मन्त्री घिसिङ र जर्मन राजदूतबिच भेटवार्ता

वि.सं.२०८२ असोज २९ बुधवार १५:५४

काठमाडौँ । ऊर्जा, जलस्रोत तथा सिँचाइ, भौतिक पूर्वाधार तथा यातायात...

जेनजीहरूको असली प्रतिनिधि पार्टी माओवादी केन्द्र हो : प्रचण्ड

जेनजीहरूको असली प्रतिनिधि पार्टी माओवादी केन्द्र हो...

वि.सं.२०८२ असोज २९ बुधवार १५:५२

धादिङ । नेकपा माओवादी केन्द्रका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले मुलुक...

फेसबुकले होइन, केन्द्रीय कमिटीले भन्यो भने हट्छु : ओली

फेसबुकले होइन, केन्द्रीय कमिटीले भन्यो भने हट्छु...

वि.सं.२०८२ असोज २९ बुधवार १३:२७

काठमाडौँ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आफूलाई कतिपय...

नेतृत्व लिन नयाँ पुस्ता तयार छ : नैनसिंह महर

नेतृत्व लिन नयाँ पुस्ता तयार छ :...

वि.सं.२०८२ असोज २९ बुधवार १३:०१

काठमाडौँ । नेपाली कांग्रेसका केन्द्रीय सदस्य नैनसिंह महरले पार्टीको आन्तरिक...