View Point Long Banner Ad

उर्जामन्त्री भुसालले भनिन्- ”कुलमानको नियुक्ति ‘राइट मेन राइट प्लेस’ अनुसार”

काठमाडौं । उर्जा जलस्रोत तथा सिंचाइमन्त्री पम्फा भुसालले ‘राइट मेन इन राइट प्लेस’ को आवश्यकता अनुसार प्राधिकरणको नेतृत्व फेरिएको बताएकी छन्।

उनले आफूले मन्त्रालय सम्हालेपछि विभागको नेतृत्व समेत परिवर्तन गरेको बताउँदै जसले काम गर्छ उसलाई प्रोत्साहन गरेको बताएकी छन्।

उर्जा मन्त्री भुसालले विदेशी ग्यास छाडौँ विद्युतीय चुलो प्रयोग गरौं भन्ने कार्यक्रम ल्याइसकेको बताएकी छन्।

उनले ६ प्रदेशमा जलाशययुक्त आयोजना विस्तार र प्रदेश २ मा सौर्य उर्जा विस्तार गर्नुपर्ने बताएकी छन्।

भुसालले चुहावट बढ्दा नाफा घटेको बताउँदै चुहावट रोक्नु पर्ने बताइन्। वर्षातको समयमा खेर जाने विद्युत भारत निर्यात गर्ने बताईन्।

अन्तरदेशीय प्रसारणलाइन र ठूला आयोजनामा सरकारको प्राथमिकता रहेको बताईन्।

त्यस्तै उर्जा सचिव देवेन्द्र कार्की विगतका कमजोरीबाट सिक्दै अघि बढ्नुपर्ने बताएका छन्।

‘विद्युत प्राधिकरणले स्थापनापछि राम्रो गरेको छ। विगत केहि वर्ष १५–१६ घण्टा लोडसेडिङ भएपनि त्यो हटेको छ,’ कार्कीले भने ‘विगतका गल्तीबाट सिक्दै अघि बढ्नुपर्छ।’

स्वतन्त्र उर्जा उत्पादक संघका अध्यक्ष कृष्ण आचार्यले १५ हजार विद्युत खपत योजना ल्याउन सुझाव दिएका छन्।

उनले प्राधिकरणको वार्षिक अवसरमा विद्युत खपत बढाउनको लागि प्राधिकरणले ध्यान दिनुपर्ने बताए।

उनले पीपीई सम्झौता भएका र हुन बाँकी रहेका करिब १५ हजार मेगावाट विद्युत कसरी खपत गर्ने योजना बनाउन नसकेको बताएका छन्।


मञ्जुर सर्त मायामाको अपार माया पछि सचिन खड्को अर्काे गीत ‘तिमी भन्नु नै जिन्दगी हो सार्वजनिक

मञ्जुर सर्त मायामाको अपार माया पछि सचिन...

वि.सं.२०८२ चैत २० शुक्रवार ११:०१

  मञ्जुर सर्त मायाको अपार माया पछि सचिन खड्को अर्काे...

सर्जक नबिनबाबु विश्वकर्माका केहि तस्विरहरु

सर्जक नबिनबाबु विश्वकर्माका केहि तस्विरहरु

वि.सं.२०८२ पुस २२ मंगलवार ०९:५९

 

फेरि भेटियो अकबरे खुर्सानीमा अत्यधिक विषादी

फेरि भेटियो अकबरे खुर्सानीमा अत्यधिक विषादी

वि.सं.२०८२ असोज ३० बिहीवार १३:४२

काठमाडौँ । कालीमाटी तरकारी बजारमा बिक्रीका लागि ल्याएको अकबरे खुर्सानीमा...

पर्सा प्रहरीद्वारा ६७ युनिट रगत सङ्कलन

पर्सा प्रहरीद्वारा ६७ युनिट रगत सङ्कलन

वि.सं.२०८२ असोज ३० बिहीवार १३:३९

वीरगञ्ज  । ७० औँ नेपाल प्रहरी दिवसका अवसरमा  जिल्ला प्रहरी...

जेनजीका माग पूरा गर्न सरकारले अहोरात्र काम गरिरहेको छ : सञ्चारमन्त्री खरेल

जेनजीका माग पूरा गर्न सरकारले अहोरात्र काम...

वि.सं.२०८२ असोज ३० बिहीवार १३:३७

काठमाडौँ । सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले जेनजी पुस्ताका...

प्रेस काउन्सिल नेपालद्वारा तथ्य जाँच कार्यदल गठन

प्रेस काउन्सिल नेपालद्वारा तथ्य जाँच कार्यदल गठन

वि.सं.२०८२ असोज २९ बुधवार १९:१२

काठमाडौँ । प्रेस काउन्सिल नेपालले तथ्य जाँच कार्यदल गठन गरेको...