View Point Long Banner Ad

७ महिने गर्भवती पेरिस ओलम्पिकमा

काठमाडौं । इजिप्टियन फेन्सर नाडा हाफिजले आफूले ७ महिनाको गर्भवती अवस्थामा पेरिस ओलम्पिकमा प्रतिस्पर्धा गरेको खुलासा गरेकी छन् ।

२६ वर्षी हाफिजले महिला इन्डिभिडुअल साब्रेतर्फ पहिलो खेल जितेकी थिइन् । तर अन्तिम १६ मा पराजित भइन् । उनले इन्स्टाग्रममा एक पोष्ट गर्दै आफू ७ महिनाको गर्भवती रहेको उल्लेख गरेकी हुन् ।

‘पोडियममा तपाईंका दुई जना खेलाडी देखिन सक्छन्, वास्तवमा त्यहाँ तीन जना थिए । म, मेरो प्रतिस्पर्धी र मेरो यो संसारमा आउन बाँकी रहेको सानो बच्चा’, उनले लेखेकी छन्, ‘मेरो बच्चा र मेरा लागि शारीरिक र मानसिक दुवै रुपमा चुनौतीहरु थिए । गर्भावस्थाको रोलरकोस्टर आफैंमा कठिन छ, तर जीवन र खेलकुदको सन्तुलन कायम राख्नको लागि लड्नु कठिनभन्दा कम थिएन ।’

कायरोकी हाफिज लगातार तेस्रो पटक ओलम्पिकमा प्रतिस्पर्धा गरेकी हुन् । हाफिजले प्रतिस्पर्धा गर्दै अन्तिम १६ मा पुग्दा एकदमै गर्व लागेको बताएकी छन् । उनले पहिलो खेलमा अमेरिकाकी एलिजाबेच तार्तताकोभ्स्कीलाई १५-१३ ले पराजित गरेकी थिइन् । तर अर्को खेलम दक्षिण कोरियाकी जिओन ह्योङसँग १५-७ ले पराजित भइन् ।

हाफिजले यस पटकको ओलम्पिक फरक रहेको बताएकी छन् । ‘३ पटकको ओलम्पियन । तर यस पटक सानो ‘लिटिल ओलम्पियन’लाई बोकेर केही फरक थियो’, लेखेकी छन् ।


मञ्जुर सर्त मायामाको अपार माया पछि सचिन खड्को अर्काे गीत ‘तिमी भन्नु नै जिन्दगी हो सार्वजनिक

मञ्जुर सर्त मायामाको अपार माया पछि सचिन...

वि.सं.२०८२ चैत २० शुक्रवार ११:०१

  मञ्जुर सर्त मायाको अपार माया पछि सचिन खड्को अर्काे...

सर्जक नबिनबाबु विश्वकर्माका केहि तस्विरहरु

सर्जक नबिनबाबु विश्वकर्माका केहि तस्विरहरु

वि.सं.२०८२ पुस २२ मंगलवार ०९:५९

 

सचिन खड्काको “मनजुर सर्त मायामा” गीत सार्वजनिक

सचिन खड्काको “मनजुर सर्त मायामा” गीत सार्वजनिक

वि.सं.२०८२ मंसिर १७ बुधवार १०:५१

  सुमन के.सी. र रोजिना बस्नेतको सुमधुर आवाजमा “मनजुर सर्त...

फेरि भेटियो अकबरे खुर्सानीमा अत्यधिक विषादी

फेरि भेटियो अकबरे खुर्सानीमा अत्यधिक विषादी

वि.सं.२०८२ असोज ३० बिहीवार १३:४२

काठमाडौँ । कालीमाटी तरकारी बजारमा बिक्रीका लागि ल्याएको अकबरे खुर्सानीमा...

पर्सा प्रहरीद्वारा ६७ युनिट रगत सङ्कलन

पर्सा प्रहरीद्वारा ६७ युनिट रगत सङ्कलन

वि.सं.२०८२ असोज ३० बिहीवार १३:३९

वीरगञ्ज  । ७० औँ नेपाल प्रहरी दिवसका अवसरमा  जिल्ला प्रहरी...

जेनजीका माग पूरा गर्न सरकारले अहोरात्र काम गरिरहेको छ : सञ्चारमन्त्री खरेल

जेनजीका माग पूरा गर्न सरकारले अहोरात्र काम...

वि.सं.२०८२ असोज ३० बिहीवार १३:३७

काठमाडौँ । सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले जेनजी पुस्ताका...