View Point Long Banner Ad

मोरङमा छुरा प्रहारबाट एक युवकको मृत्यु

विराटनगर । मोरङको उर्लाबारीमा छुरा प्रहारबाट एक युवकको हत्या भएको छ ।

मंगलबार राति उर्लाबारी नगरपालिका(५ मा २१ वर्षीय कुशल दाहालको छुरा प्रहार गरी हत्या भएको हो । दाहाल उर्लाबारी ४ का बासिन्दा हुन् ।

उनीमाथि उर्लाबारी– ५ स्थित उद्योग वाणिज्य संघको कार्यालय नजिकै सुवास तामाङको घरमा छुरा प्रहार भएको थियो ।

छुरा प्रहारबाट गम्भीर घाइते दाहाललाई उर्लाबारीको गोदाबारी अस्पताल भर्ना गरिएको थियो । त्यहाँ उपचार सम्भव नभएपछि लाइफलाइन अस्पताल दमक पठाइएको थियो । लाइफलाइनबाट उनलाई बिर्तामोडस्थित बी एन्ड सी अस्पतालमा भर्ना गरिएको थियो । उपचारका क्रममा राति ९ बजे उनको मृत्यु भएको हो ।

घटनापछि तामाङ फरार छन् । दाहालको हत्यामा उनकै संलग्नता रहेको प्रहरीको दाबी छ ।

तामाङ कर्तव्य ज्यान मुद्दामा सजाय भुक्तान गरी करिब तीन महिनाअघि मात्रै छुटेका थिए ।

मोरङ प्रहरी उपरीक्षक नवराज कार्कीका अनुसार प्रारम्भिक अनुसन्धानका क्रममा तामाङले नै छुरा प्रहार गरेको देखिएको छ ।

अपराधिक पृष्टभूमिका तामाङले २०७१ सालमा साथीको ढुंगाले हानेर हत्या गरेका थिए । प्रहरीका अनुसार २०७१ असोज ८ गते राति उर्लाबारी २ का नविन राईको तामाङले हत्या गरेका थिए ।

मंगलबार बेलुका साढे ६ बजे आफ्नै घरमा आएका दाहालमाथि छुरा प्रहार गरेका तामाङले ८ असोज २०७१ राति घर नजिकै बाटोमा राईलाई ढुंगाले हानेर हत्या गरेका थिए ।

तामाङले राईको हत्या गर्दा मोरङका प्रहरी उपरीक्षक कार्की इलाका प्रहरी कार्यालय उर्लाबारीको इञ्चार्ज थिए । तत्कालीन प्रहरी निरीक्षक कार्कीले नै गरेको अनुसन्धानका आधारमा तामाङमाथि कर्तब्य ज्यान मुद्दा चलेको थियो । कर्तव्य ज्यान मुद्दामा १० वर्ष कैद सजायपछि उनी केही महिनाअघि मात्रै छुटेका थिए ।

अपराधिक पृष्ठभूमिका तामाङ घरमा एक्लै बस्दै आएका थिए । मंगलबार दाहालसँगै अन्य युवकपनि उनको घरमा पुगेका थिए । के कारणले छुरा प्रहार गरे भन्ने खुलिसकेको छैन ।

घटनाअघि सामान्य विवाद भएको देखिएको प्रहरीले बताएको छ । प्रहरीले दाहालसँगै तामाङको घरमा गएका युवकलाई नियन्त्रणमा लिएर अनुसन्धान गरिरहेको छ ।


मञ्जुर सर्त मायामाको अपार माया पछि सचिन खड्को अर्काे गीत ‘तिमी भन्नु नै जिन्दगी हो सार्वजनिक

मञ्जुर सर्त मायामाको अपार माया पछि सचिन...

वि.सं.२०८२ चैत २० शुक्रवार ११:०१

  मञ्जुर सर्त मायाको अपार माया पछि सचिन खड्को अर्काे...

सर्जक नबिनबाबु विश्वकर्माका केहि तस्विरहरु

सर्जक नबिनबाबु विश्वकर्माका केहि तस्विरहरु

वि.सं.२०८२ पुस २२ मंगलवार ०९:५९

 

सचिन खड्काको “मनजुर सर्त मायामा” गीत सार्वजनिक

सचिन खड्काको “मनजुर सर्त मायामा” गीत सार्वजनिक

वि.सं.२०८२ मंसिर १७ बुधवार १०:५१

  सुमन के.सी. र रोजिना बस्नेतको सुमधुर आवाजमा “मनजुर सर्त...

फेरि भेटियो अकबरे खुर्सानीमा अत्यधिक विषादी

फेरि भेटियो अकबरे खुर्सानीमा अत्यधिक विषादी

वि.सं.२०८२ असोज ३० बिहीवार १३:४२

काठमाडौँ । कालीमाटी तरकारी बजारमा बिक्रीका लागि ल्याएको अकबरे खुर्सानीमा...

पर्सा प्रहरीद्वारा ६७ युनिट रगत सङ्कलन

पर्सा प्रहरीद्वारा ६७ युनिट रगत सङ्कलन

वि.सं.२०८२ असोज ३० बिहीवार १३:३९

वीरगञ्ज  । ७० औँ नेपाल प्रहरी दिवसका अवसरमा  जिल्ला प्रहरी...

जेनजीका माग पूरा गर्न सरकारले अहोरात्र काम गरिरहेको छ : सञ्चारमन्त्री खरेल

जेनजीका माग पूरा गर्न सरकारले अहोरात्र काम...

वि.सं.२०८२ असोज ३० बिहीवार १३:३७

काठमाडौँ । सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले जेनजी पुस्ताका...