View Point Long Banner Ad

खेलकुद क्षेत्र राष्ट्रिय अर्थतन्त्र निर्माणको बलियो आधार होः प्रधानमन्त्री

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहालले खेलकुद क्षेत्र राष्ट्रिय अर्थतन्त्र निर्माणको बलियो आधारका रुपमा विकसित भएको बताएका छन् । साहना प्रधान प्रतिष्ठानद्वारा आयोजित अण्डर–१९ भलिबल प्रतियोगिताको उद्घाटन गर्दै प्रधानमन्त्री दाहालले यस्तो बताएका हुन् ।

उनले खेल क्षेत्र कुटनीतिको बलियो माध्यमका रुपमा विकसित भएको पनि बताए । उनले आफ्नो तेस्रो कार्यकालमा खेलकुद क्षेत्रलाई उच्च प्राथमिकतामा राखेको बताए । उनले खेलाडीहरुको वृद्धि विकास र उनीहरुलाई प्रोत्साहन तथा खेलमार्फत अर्थतन्त्रमा र देशको कुटनीतिको क्षेत्रमा पनि हस्तक्षेपका निम्ति विशेष पहल गरिएको उल्लेख गरे । उनले खेल क्षेत्र कुटनीतिको बलियो माध्यमका रुपमा विकसित भएकाले सोही अनुसार नेपालले पनि आवश्यक महत्व दिएको बताए ।

उनले भने, ‘मैले आफ्नो यो कार्यकालमा युवा तथा खेलकुद क्षेत्रलाई उच्च प्राथमिकतामा राखेको छु । खेलाडीहरुको वृद्धि विकास र उनीहरुलाई प्रोत्साहन तथा खेलमार्फत अर्थतन्त्रमा र देशको कुटनीतिको क्षेत्रमा पनि हस्तक्षेपका निम्ति विशेष पहल गरिएको छ । समय समयमा मैले महत्वपूर्ण राष्ट्रिय तथा अन्तर्राष्ट्रिय प्रतियोगिताहरु आफैँ सहभागी भएर हेर्ने गरेको छु । महत्वपूर्ण प्रतियोगिता अघि प्रतिष्पर्धी खेलाडीहरुको हौसला बढाउने र विजयी खेलाडीहरुलाई परस्कृत गर्ने काम पनि गर्दै आएको छु । यसबाट समग्र खेल क्षेत्रको विकास र खेलाडीहरुमा उत्साह र प्रोत्साहन मिलेको पनि मैले महशुस गरेको छु । खेल क्षेत्र कुटनीतिको बलियो माध्यमका रुपमा विकसित भएको छ । राष्ट्रिय अर्थतन्त्र निर्माणको एउटा बलियो आधारका रुपमा पनि विकसित भएको छ । यसैलाई मध्यनजर गर्दै यस वर्षको बजेटमा राष्ट्र निर्माणमा युवा परिचालन कार्यक्रममार्फत विश्वविद्यालयबाट अध्ययन सम्पन्न गरी कामको खोजिमा रहेका युवालाई विभिन्न सार्वजनिक निकाय र निजी क्षेत्रसँगको सहकार्यमा उद्योग, व्यवसाय, होटल, पर्यटन लगायतका कार्यक्षेत्रमा तालिम प्रदान गरी कम्तिमा १ लाख युवालाई रोजगारी सुनश्चित गर्ने ।’

प्रधानमन्त्री दाहालले आगामी आर्थिक वर्ष राष्ट्रियस्तरका ८० खेलकुद प्रतियोगिता आयोजना गर्ने, काठमाडौंको मुलपानी क्रिकेट रङ्गशाला र विराटनगरको गिरिजाप्रसाद कोईराला रङ्गशालालाई राष्ट्रिय गौरवका आयोजनाको रूपमा निर्माण गर्ने लक्ष्य लिइएको बताउँदै प्रधानमन्त्री दाहालले भरतपुरमा निर्माणाधीन गौतम बुद्ध रङ्गशाला सङ्घ, प्रदेश र स्थानीय तहको साझेदारीमा निर्माण कार्य अगाडि बढाउने, कीर्तिपुर क्रिकेट रङ्गशालाको स्तरोन्नति र फाप्ला क्रिकेट रङ्गशाला निर्माणलाई तिब्रता दिने बताए ।

 


मञ्जुर सर्त मायामाको अपार माया पछि सचिन खड्को अर्काे गीत ‘तिमी भन्नु नै जिन्दगी हो सार्वजनिक

मञ्जुर सर्त मायामाको अपार माया पछि सचिन...

वि.सं.२०८२ चैत २० शुक्रवार ११:०१

  मञ्जुर सर्त मायाको अपार माया पछि सचिन खड्को अर्काे...

सर्जक नबिनबाबु विश्वकर्माका केहि तस्विरहरु

सर्जक नबिनबाबु विश्वकर्माका केहि तस्विरहरु

वि.सं.२०८२ पुस २२ मंगलवार ०९:५९

 

सचिन खड्काको “मनजुर सर्त मायामा” गीत सार्वजनिक

सचिन खड्काको “मनजुर सर्त मायामा” गीत सार्वजनिक

वि.सं.२०८२ मंसिर १७ बुधवार १०:५१

  सुमन के.सी. र रोजिना बस्नेतको सुमधुर आवाजमा “मनजुर सर्त...

फेरि भेटियो अकबरे खुर्सानीमा अत्यधिक विषादी

फेरि भेटियो अकबरे खुर्सानीमा अत्यधिक विषादी

वि.सं.२०८२ असोज ३० बिहीवार १३:४२

काठमाडौँ । कालीमाटी तरकारी बजारमा बिक्रीका लागि ल्याएको अकबरे खुर्सानीमा...

पर्सा प्रहरीद्वारा ६७ युनिट रगत सङ्कलन

पर्सा प्रहरीद्वारा ६७ युनिट रगत सङ्कलन

वि.सं.२०८२ असोज ३० बिहीवार १३:३९

वीरगञ्ज  । ७० औँ नेपाल प्रहरी दिवसका अवसरमा  जिल्ला प्रहरी...

जेनजीका माग पूरा गर्न सरकारले अहोरात्र काम गरिरहेको छ : सञ्चारमन्त्री खरेल

जेनजीका माग पूरा गर्न सरकारले अहोरात्र काम...

वि.सं.२०८२ असोज ३० बिहीवार १३:३७

काठमाडौँ । सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले जेनजी पुस्ताका...