View Point Long Banner Ad

दुई महिनामा १२ ठूला उद्योग दर्ता, कसको कति पुँजी?

वैशाख र जेठ महिनामा उद्योग विभागमा दर्ता भएका उद्योग तथा उद्योग सञ्चालनको लागि आएको प्रस्तावले नयाँ उद्योग सञ्चालनमा व्यवसायीको आकर्षण बढ्दो देखिएको हो।

चालु आर्थिक वर्ष २०८०र८१ को ११ महिनामा ९२०८० साउनदेखि २०८१ जेठसम्म० उद्योग विभागमा ३८३ स्वदेशी तथा विदेशी लगानीका उद्योग दर्ता भएका छन्।

त्यस्तै ३५५ वटा विदेशी लगानीको स्वीकृत भएको उद्योग विभागले जनाएको छ। जबकि गत आर्थिक वर्षभर ३२३ वटा मात्रै उद्योग दर्ता भएका थिए।

पछिल्लो वर्षहरूमा साना र मध्यमस्तरीय उद्योगहरू दर्ता हुने र सञ्चालनमा पनि न्यून मात्रै आउने गरेकोमा वर्ष २०८१ लागेसँगै ठूला उद्योगहरूको दर्ता पनि बढेको छ।

उद्योग विभागका निर्देशक अर्जुन सेन ओलीका अनुसार वैशाख र जेठ महिनामा मात्रै १२ वटा ठूला उद्योग दर्ता भएका छन्।

वैशाख र जेठ महिनामा साना र ठूला गरी ५२ अर्ब रूपैयाँ कुल पुँजी प्रस्ताव गरेर ९७ वटा उद्योग दर्ता भएका छन्।

जसमध्ये ठूला १२ उद्योगको कुल पुँजी मात्रै ३७ अर्ब ८६ करोड ४१ लाख प्रस्ताव गरिएको छ।

माथिल्लो मोदी ए जलविद्युत आयोजना निर्माणको लागि मोदी जलविद्युत कम्पनीले नयाँ उद्योग दर्ता गराएको छ। यो आयोजनाको कुल पुँजी १० अर्ब ८ करोड ९६ लाख रूपैयाँ प्रस्ताव गरिएको छ। जसको चालु पुँजी १२ करोड २८ लाख र स्थिर पुँजी नौ अर्ब ९६ करोड २८ लाख रूपैयाँ प्रस्ताव गरिएको छ।

काठमाडौंमा सञ्चालन गर्ने गरी चुनदेवी वेस्ट प्रोसेसिङ इण्ड्रष्टिज दर्ता भएको छ। यो उद्योगको ५ अर्ब ४४ करोड ५० लाख रूपैयाँ प्रस्ताव गरिएको छ।

संखुवासभामा रामजानकी हाइड्रोपावर र रसुवामा माथिल्लो मैलुङ जलविद्युत आयोजना दर्ता भएको छ। जसको कुल पुँजी क्रमशः चार अर्ब ८६ करोड र चार अर्ब ७३ करोड रहेको छ।

काठमाडौंमा एसएण्ड जेभी होल्डिङ्स नेपाल नामको पूर्वाधार उद्योग सञ्चालन गर्ने गरी उद्योग दर्ता भएको छ। यसको एक अर्ब ४७ करोड चालु र दुई अर्ब ८५ करोड स्थिर पुँजीको प्रस्ताव गरिएको छ।

पर्सामा नेसनल मेडिकल कलेज दर्ता भएको छ। जसको कुल पुँजी एक अर्ब ९७ करोड प्रस्ताव गरिएको छ।

चितवनमा केटिएम हस्पिटालिटी उद्योग, भक्तपुरमा क्वेष्ट फर्मास्युटिकल्स औषधि उद्योग, रूपन्देहीमा एसियन फर्मास्युटिकल्स प्रालिको युनिट १ उद्योग दर्ता भएका छन्। जसको कुल पुँजी क्रमशः एक अर्ब ५० करोड, एक अर्ब २८ करोड र एक अर्ब २५ करोड रूपैयाँ रहेको छ।

अर्घाखाँची मकालु सिमेन्ट इन्ड्रष्टिज र भक्तपुरमा लन्ड्री ब्याग उद्योग दर्ता भएको छ। यी उद्योगको कुल पुँजी क्रमशः ७० करोड ५० लाख रूपैयाँ र ६१ करोड ४० लाख रूपैयाँ रहेको छ।

वैशाख र जेठ महिनामा दर्ता भएका उद्योगहरूमा चार वटा ऊर्जामूलक, तीन वटा पर्यटनमूलक, चार वटा उत्पादनमूलक र एउटा पूर्वाधारमूलक उद्योग दर्ता भएका छन्।

यो वर्ष दर्ता भएका उद्योगमा ४९ ठूला, ५० मध्यम र २८४ साना उद्योग छन्। प्रदेश उद्योग विभागमा दर्ता भएको उद्योगहरूको संख्या भने यहाँ समायोजन गरिएको छैन।

यी उद्योगको कुल प्रस्तावित लगानी दुई खर्ब १७ अर्ब रूपैयाँ रहेको छ। जसमध्ये जेठमा दर्ता भएका उद्योगहरूको मात्रै प्रस्तावित लगानी ३६ अर्ब रूपैयाँ रहेको छ। जेठ महिनामा नौ ठूला, १६ मध्यम र ३४ साना गरी ५९ वटा उद्योग दर्ता भएका छन्।

चालु वर्षमा दर्ता भएका उद्योगबाट २६ हजार २७ जनाले रोजगारी पाउने उल्लेख गरिएको छ।

त्यस्तै, नयाँ उद्योगको लागि आएको प्रस्ताव पनि बढेको छ। उद्योग विभागले जेठ महिनामा ५२ वटासहित चालु वर्षमा ३५५ वटा विदेशी लगानी परियोजना स्वीकृत गरेको छ।

यसको प्रस्तावित लगानी ४४ अर्ब ३४ करोड रहेको छ। विभागले चालु वर्ष कम्तीमा ३८ अर्ब रूपैयाँको विदेशी लगानी परियोजना स्वीकृत हुने लक्ष्य राखेको थियो।

प्रस्ताव स्वीकृत गरिएको परियोजना सञ्चालनमा आउँदा १७ हजार ७४२ जनालाई रोजगारी सिर्जना हुने उल्लेख गरिएको छ।

नयाँ उद्योग सञ्चालन पूर्व गरिने वातावरणीय परीक्षण पनि बढेको छ। जेठ महिनामा ७ वटा प्रारम्भिक वातावरणीय परीक्षण पनि बढेको छ। चालु वर्षको ११ महिनामा ४५ वटा यस्तो परीक्षण भएको छ।


मञ्जुर सर्त मायामाको अपार माया पछि सचिन खड्को अर्काे गीत ‘तिमी भन्नु नै जिन्दगी हो सार्वजनिक

मञ्जुर सर्त मायामाको अपार माया पछि सचिन...

वि.सं.२०८२ चैत २० शुक्रवार ११:०१

  मञ्जुर सर्त मायाको अपार माया पछि सचिन खड्को अर्काे...

सर्जक नबिनबाबु विश्वकर्माका केहि तस्विरहरु

सर्जक नबिनबाबु विश्वकर्माका केहि तस्विरहरु

वि.सं.२०८२ पुस २२ मंगलवार ०९:५९

 

सचिन खड्काको “मनजुर सर्त मायामा” गीत सार्वजनिक

सचिन खड्काको “मनजुर सर्त मायामा” गीत सार्वजनिक

वि.सं.२०८२ मंसिर १७ बुधवार १०:५१

  सुमन के.सी. र रोजिना बस्नेतको सुमधुर आवाजमा “मनजुर सर्त...

फेरि भेटियो अकबरे खुर्सानीमा अत्यधिक विषादी

फेरि भेटियो अकबरे खुर्सानीमा अत्यधिक विषादी

वि.सं.२०८२ असोज ३० बिहीवार १३:४२

काठमाडौँ । कालीमाटी तरकारी बजारमा बिक्रीका लागि ल्याएको अकबरे खुर्सानीमा...

पर्सा प्रहरीद्वारा ६७ युनिट रगत सङ्कलन

पर्सा प्रहरीद्वारा ६७ युनिट रगत सङ्कलन

वि.सं.२०८२ असोज ३० बिहीवार १३:३९

वीरगञ्ज  । ७० औँ नेपाल प्रहरी दिवसका अवसरमा  जिल्ला प्रहरी...

जेनजीका माग पूरा गर्न सरकारले अहोरात्र काम गरिरहेको छ : सञ्चारमन्त्री खरेल

जेनजीका माग पूरा गर्न सरकारले अहोरात्र काम...

वि.सं.२०८२ असोज ३० बिहीवार १३:३७

काठमाडौँ । सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले जेनजी पुस्ताका...