View Point Long Banner Ad

यस्तो गर्नुहोस् मांसपेशी बलियो बनाउन

काठमाडौं । हाम्रो धेरै समय बसेरै बित्ने गर्छ। कम्प्युटरमा काम गर्दा होवा मोबाइल चलाउँदा । कार्यालयको काम गर्दा सबै बसेरै गरिन्छ। पहिले जस्तो शारीरिक व्यायाम हुने घरबाहिरको काम अहिले धेरैले गर्न छाडिसके।

यसले हाम्रो शरीरको मांसपेशी कमजोर हुँदै जान्छ। अझै विशेषगरी हात, पिठ्युँ, कम्मर, तिघ्रा आदिका मांसपेशी बढी कमजोर हुन्छन्। अनि विस्तारै दुखाइ सुरु हुन्छ। कहिलेकाहीँ घोचेको जस्तो। भाँच्चिएको जस्तो। एकदमै अप्ठेरो भएको जस्तो। एकै ठाउँमा धेरै समय बसेर काम गर्दा ‘ट्रिगर प्वाइन्ट’ बन्छन्। त्यही प्वाइन्टमा बेस्सरी थिच्दा, सहनै नसक्ने दुखाइ हुन्छ।

पछाडिपट्टिका मांसपेशीहरूले मेरुदण्डलाई सपोर्ट गर्छ। नितम्बको मांसपेशीले शरीरलाई हिँड्दा वा उभिँदा सन्तुलन गर्छ। लामो समय कुर्सीमा बसेर काम गर्दा यो मांसपेशी क्षय भएर जान्छ। यसले मेरुदण्डलाई धेरै दबाब पर्ने भएकाले ढाड दुख्न थाल्छ। पेटको मांसपेशी कमजोर हुँदा भुँडी अगाडि लच्कन्छ। यसले कम्मर र स्पाइनलाई दबाब पर्छ। अनि विस्तारै कम्मर र ढाड दुख्ने समस्या आउँछ।

हामी घाँटी झुकाएरै मोबाइल हेर्छौं। झुकाएरै पढ्छौं। झुकेरै कम्प्युटरमा काम गर्दा पिठ्युँमा दबाब पर्छ। जसले गर्दा गर्धनदेखि पिठ्युँसम्मको भागमा दुखाइ हुन्छ।

त्यसैले शरीरमा विस्तारै देखिने यस्ता दुखाइलाई कम गर्न दैनिक व्यायाम जरुरी छ। दैनिक आधा वा एक घण्टा हिँड्ने बानी बसाल्नुपर्छ। सातामा कम्तीमा पनि दुई पटक ब्याडमिन्टन, टेबुलटेनिस, रिङ फ्याक्ने वा डोरीलगायतका खेल खेल्नुपर्छ। पुल अफ, पुस अप, सिट अप आदिले पनि शरीरमा
ताजापन ल्याउँछ। डा।नोर्बु, वरिष्ठ फिजियोथेरापिस्ट हुन्।अन्नपूर्णबाट


मञ्जुर सर्त मायामाको अपार माया पछि सचिन खड्को अर्काे गीत ‘तिमी भन्नु नै जिन्दगी हो सार्वजनिक

मञ्जुर सर्त मायामाको अपार माया पछि सचिन...

वि.सं.२०८२ चैत २० शुक्रवार ११:०१

  मञ्जुर सर्त मायाको अपार माया पछि सचिन खड्को अर्काे...

सर्जक नबिनबाबु विश्वकर्माका केहि तस्विरहरु

सर्जक नबिनबाबु विश्वकर्माका केहि तस्विरहरु

वि.सं.२०८२ पुस २२ मंगलवार ०९:५९

 

फेरि भेटियो अकबरे खुर्सानीमा अत्यधिक विषादी

फेरि भेटियो अकबरे खुर्सानीमा अत्यधिक विषादी

वि.सं.२०८२ असोज ३० बिहीवार १३:४२

काठमाडौँ । कालीमाटी तरकारी बजारमा बिक्रीका लागि ल्याएको अकबरे खुर्सानीमा...

पर्सा प्रहरीद्वारा ६७ युनिट रगत सङ्कलन

पर्सा प्रहरीद्वारा ६७ युनिट रगत सङ्कलन

वि.सं.२०८२ असोज ३० बिहीवार १३:३९

वीरगञ्ज  । ७० औँ नेपाल प्रहरी दिवसका अवसरमा  जिल्ला प्रहरी...

जेनजीका माग पूरा गर्न सरकारले अहोरात्र काम गरिरहेको छ : सञ्चारमन्त्री खरेल

जेनजीका माग पूरा गर्न सरकारले अहोरात्र काम...

वि.सं.२०८२ असोज ३० बिहीवार १३:३७

काठमाडौँ । सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले जेनजी पुस्ताका...

प्रेस काउन्सिल नेपालद्वारा तथ्य जाँच कार्यदल गठन

प्रेस काउन्सिल नेपालद्वारा तथ्य जाँच कार्यदल गठन

वि.सं.२०८२ असोज २९ बुधवार १९:१२

काठमाडौँ । प्रेस काउन्सिल नेपालले तथ्य जाँच कार्यदल गठन गरेको...