View Point Long Banner Ad

वैदेशिक रोजगारीकाे सिलसिलामा अवैध रूपमा बसेका नेपालीलाई स्वदेश फर्काउन पहल

काठमाडौं ।वैदेशिक रोजगारीको सिलसिलामा कुवेत पुगेर अवैधानिक रूपमा बसेका नेपालीलाई नेपाल फर्काउन गैरआवासीय नेपाली संघ (एनआरएनए)ले पहल सुरु गरेको छ ।

नेपालका लागि अन्तर्राष्ट्रिय आप्रवासन संगठन (आईओएम) प्रमुख हेलेन फोर्ससँग भेटेर संघका अध्यक्ष डा.बद्री केसीले पैसाको अभावमा नेपाल फर्कन नपाएका नेपालीहरूको उद्धारमो लागि सहयोग गर्न आग्रह गरेका हुन् । एनआरएनएको सचिवालयमा आमन्त्रण गरी आईओएम प्रमुख फोर्सलाई संघका तर्फबाट सो आग्रह गरिएको हो ।

वैदेशिक रोजगारीका लागि हाल कुवेतमा रहेका नेपाली श्रमिक, जसले कुवेत सरकारको रेसिडेन्ट कानुन उल्लंघन गरेका छन्, उनीहरूका लागि १७ मार्च २०२४ देखि १७ जुन २०२४ सम्मको अवधिमा कुनै जरिमाना नतिरीकन आवश्यक प्रक्रिया पु(याएर आफ्नो मुलुक फर्कन सक्ने प्रावधान छ ।

हाल कुवेतस्थित नेपाली दूतावासमा गएर आवश्यक ट्राभल डकुमेन्टसमेत तयार गरे पनि २ सयभन्दा बढी नेपाली श्रमिक घर फिर्तीका लागि हवाई टिकट तिर्न नसक्ने अवस्थामा रहेका छन् ।मुस्लिमहरूको महान् चाड रमजानको अवसर पारेर ४ वर्षपछि कुवेत सरकारले कुवेतमा कार्यरत अवैधानिक आप्रवासी कामदारलाई स्वदेश फर्कन अनुमति दिएको हो ।


फेरि भेटियो अकबरे खुर्सानीमा अत्यधिक विषादी

फेरि भेटियो अकबरे खुर्सानीमा अत्यधिक विषादी

वि.सं.२०८२ असोज ३० बिहीवार १३:४२

काठमाडौँ । कालीमाटी तरकारी बजारमा बिक्रीका लागि ल्याएको अकबरे खुर्सानीमा...

पर्सा प्रहरीद्वारा ६७ युनिट रगत सङ्कलन

पर्सा प्रहरीद्वारा ६७ युनिट रगत सङ्कलन

वि.सं.२०८२ असोज ३० बिहीवार १३:३९

वीरगञ्ज  । ७० औँ नेपाल प्रहरी दिवसका अवसरमा  जिल्ला प्रहरी...

जेनजीका माग पूरा गर्न सरकारले अहोरात्र काम गरिरहेको छ : सञ्चारमन्त्री खरेल

जेनजीका माग पूरा गर्न सरकारले अहोरात्र काम...

वि.सं.२०८२ असोज ३० बिहीवार १३:३७

काठमाडौँ । सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले जेनजी पुस्ताका...

प्रेस काउन्सिल नेपालद्वारा तथ्य जाँच कार्यदल गठन

प्रेस काउन्सिल नेपालद्वारा तथ्य जाँच कार्यदल गठन

वि.सं.२०८२ असोज २९ बुधवार १९:१२

काठमाडौँ । प्रेस काउन्सिल नेपालले तथ्य जाँच कार्यदल गठन गरेको...

प्रतिनिधिसभा पुनर्स्थापनामा सभामुखले पाएनन् दलहरुको ‘ग्रीन सिग्नल’

प्रतिनिधिसभा पुनर्स्थापनामा सभामुखले पाएनन् दलहरुको ‘ग्रीन सिग्नल’

वि.सं.२०८२ असोज २९ बुधवार १८:११

काठमाडौँ । विघटित प्रतिनिधिसभामा प्रतिनिधित्व गर्ने राजनीतिक दलहरूमध्ये नेकपा एमाले...

मन्त्री घिसिङ र जर्मन राजदूतबिच भेटवार्ता

मन्त्री घिसिङ र जर्मन राजदूतबिच भेटवार्ता

वि.सं.२०८२ असोज २९ बुधवार १५:५४

काठमाडौँ । ऊर्जा, जलस्रोत तथा सिँचाइ, भौतिक पूर्वाधार तथा यातायात...