सुन तस्करी प्रकरण : कृष्णबहादुर महरा पक्राउ
काठमाडौं । नेकपा (माओवादी केन्द्र)का उपाध्यक्ष कृष्ण बहादुर महरा पक्राउ परेका छन्। महरालाई कपिलबस्तुबाट पक्राउ परेका हुन् ।
सुन तस्करी सम्बन्धी छानबिन गर्न गठित उच्चस्तरीय जाँचबुझ आयोगले महरालाई मुद्दा चलाउन सिफारिस गरेको थियो । सोही अनुसार कारबाही गर्न गृह मन्त्रालयले प्रहरीलाई निर्देशन दिएको थियो ।
इलेक्ट्रोनिक चुरोट ९भेप० भित्र सुन लुकाएर तस्करी गरेको आरोप महरामाथि छ। ६० किलो सुन तस्करी र ९ किलो सुन तस्करीको छानबिनका लागि बनेको सुनको अवैध पैठारी ९तस्करी० नियन्त्रण सम्बन्धी जाँचबुझ आयोग २०८० ले महरालाई मुद्दा चलाउन सिफारिस गरेको थियो।
यसअघि सिआइबीले महरालाई ९ किलो सुन प्रकरणमा बयान कागजमात्रै गराएर छाडेको थियो। उनका छोरा राहुल महरा भने पक्राउ परी पुर्पक्षका लागि थुनामा छन्।
वि.सं.२०८० चैत ५ सोमवार १२:५०
















