View Point Long Banner Ad

प्रेम प्रस्ताव अस्वीकार गरेपछि रूपेन्द्रले गरे सुष्माको हत्या

काठमाडौं । प्रेम प्रस्ताव अस्वीकार गर्दा सुष्मा लामाको हत्या खुलासा भएको छ। काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले पत्रकार सम्मेलन गरी घटनाबारे जानकारी गराएको हो।

गोकर्णेश्वर नगरपालिका(३ की लामाको तारेभीरको जंगलमा गाडिएको अवस्थामा शव भेटिएको थियो।

घटनामा संलग्न रहेको आरोपमा लामाकै छिमेकी रुपेन्द्र लामालाई प्रहरीले पक्राउ गरेको छ। पक्राउ परेका लामाले सुष्मालाई एकतर्फी मन पराएको र पटकपटक प्रेम प्रस्ताव गर्दा अस्वीकार गरेपछि हत्या गरेर जंगलमा पुरेको अनुसन्धानबाट खुलासा भएको डीएसपी अनिल घिमिरेले बताए ।

अपराधपछि घटना लुकाउन प्रविधिको समेत गलत प्रयोग गरेको पाइएको प्रहरीले जनाएको छ । प्रहरीले पक्राउ परेका व्यक्तिबाट खाल्डो खन्न प्रयोग गरेको कुटो र उनको कोठाबाट मृतकको मोबाइल र किताब कापी समेत बरामद भएको छ ।

माघ २२ गते कलेजु जान्छु भनी घरबाट निस्किएकी १८ वर्षीया लामा सम्पर्कविहीन भएपछि फागुन २५ गते उनको परिवारले हराएको भन्दै खोजि गरिदिन बौद्ध प्रहरीमा उजुरी दिएका थिए। खोजिका गर्दा फागुन २६ गते साँझ प्रहरीले शिवपुरी राष्ट्रिय निकुञ्ज जंगलमा गाडिएको अवस्थामा लामाको शव फेला पारेको थियो।

प्रहरीका अनुसार एकतर्फी प्रेममा रहेका लामा प्रेम प्रस्ताव राख्न सु्ष्मा आउने बाटोमा आठ दिनदेखि कुरेर बसेका थिए।


मञ्जुर सर्त मायामाको अपार माया पछि सचिन खड्को अर्काे गीत ‘तिमी भन्नु नै जिन्दगी हो सार्वजनिक

मञ्जुर सर्त मायामाको अपार माया पछि सचिन...

वि.सं.२०८२ चैत २० शुक्रवार ११:०१

  मञ्जुर सर्त मायाको अपार माया पछि सचिन खड्को अर्काे...

सर्जक नबिनबाबु विश्वकर्माका केहि तस्विरहरु

सर्जक नबिनबाबु विश्वकर्माका केहि तस्विरहरु

वि.सं.२०८२ पुस २२ मंगलवार ०९:५९

 

फेरि भेटियो अकबरे खुर्सानीमा अत्यधिक विषादी

फेरि भेटियो अकबरे खुर्सानीमा अत्यधिक विषादी

वि.सं.२०८२ असोज ३० बिहीवार १३:४२

काठमाडौँ । कालीमाटी तरकारी बजारमा बिक्रीका लागि ल्याएको अकबरे खुर्सानीमा...

पर्सा प्रहरीद्वारा ६७ युनिट रगत सङ्कलन

पर्सा प्रहरीद्वारा ६७ युनिट रगत सङ्कलन

वि.सं.२०८२ असोज ३० बिहीवार १३:३९

वीरगञ्ज  । ७० औँ नेपाल प्रहरी दिवसका अवसरमा  जिल्ला प्रहरी...

जेनजीका माग पूरा गर्न सरकारले अहोरात्र काम गरिरहेको छ : सञ्चारमन्त्री खरेल

जेनजीका माग पूरा गर्न सरकारले अहोरात्र काम...

वि.सं.२०८२ असोज ३० बिहीवार १३:३७

काठमाडौँ । सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले जेनजी पुस्ताका...

प्रेस काउन्सिल नेपालद्वारा तथ्य जाँच कार्यदल गठन

प्रेस काउन्सिल नेपालद्वारा तथ्य जाँच कार्यदल गठन

वि.सं.२०८२ असोज २९ बुधवार १९:१२

काठमाडौँ । प्रेस काउन्सिल नेपालले तथ्य जाँच कार्यदल गठन गरेको...