नायिका निशाले शरदको सम्पत्तीको एक भाग अंश पाउने
काठमाडौं । नायिका निशा अधिकारीले श्रीमान् शरद भेषवाकरको सम्पत्तिबाट एक भाग अंश पाउने फैसला जिल्ला अदालत, काठमाडौंले गरेको छ ।
जिल्ला अदालत काठमाडौंका न्यायाधीश शिशिरराज ढकालको इजलासले निशाले श्रीमान्को सम्पत्तिबाट तीन भागको एक भाग पाउने फैसला सुनाएको हो। निशाले गतबर्ष छोरा र आफ्नो लागि शरदको सम्पत्तिबाट दुई भाग माग गर्दै जिल्ला अदालतमा मुद्दा दायर गरेकी थिइन् ।
जिल्ला अदालत, काठमाडौंले निशा र शरदले छोरा बालिग नहुन्जेल दुवैको संरक्षणमा राख्न समेत आदेश दिएको छ । निशा र छोरालाई अब शरदले मासिक ४१ हजार रुपैयाँ समेत दिनु पर्नेछ । निशा र शरदबीच सम्पत्ति बाँडफाँडको फैसला आएपनि डिभोर्स भने भएको छैन । विवाहित महिलाले आफ्ना श्रीमान्सँग डिभोर्स नगरी अंश वा माना चामलको दाबी गर्न पाउने कानुनी व्यवस्था छ ।
वि.सं.२०८० फागुन १५ मंगलवार १७:४३
















