भजन शिरोमणिलाई अन्तिम श्रद्धाञ्जली, आजै अन्त्येष्टि गरिने
काठमाडौं । वरिष्ठ गायक तथा संगीतकार भक्तराज आचार्यको पार्थिव शरीरमा श्रद्धाञ्जली दिएको छ । उनको शवलाई काठमाडौंको सानो गौचरणस्थित संगीत तथा नाट्य प्रज्ञा प्रतिष्ठान राखिर दिएको हो । भजन शिरोमणि समेत उपाधि पाएका आचार्यको सोमबार ८२ वर्षको उमेरमा निधन भएको थियो।
ख्याती प्राप्त गायक तथा संगीतकार आचार्यलाई प्रधानमन्त्री पुष्पकम दाहाल ‘प्रचण्ड’, मन्त्रीहरू, एमाले अध्यक्ष केपी ओली नेपाली कांग्रेसका महामन्त्री गगन थापा, विश्वप्रकाश शर्मालगायत नेताहरू प्रज्ञा प्रतिष्ठान पुगेर अन्तिम श्रद्धाञ्जली अर्पण गरेका थिए । त्यस्तै गायक, संगीतकार, कलाकार र रंगकर्मीहरूले पनि प्रज्ञा प्रतिष्ठान पुगेर उनको पार्थिव शरीरमा श्रद्धाञ्जली अर्पण गरे । वरिष्ठ गायक तथा संगीतकार आचार्यलाई उपचारका लागि ललितपुरको मेडिसिटी अस्पताल लैजाने क्रममा सोमबार बाटोमै निधन भएको थियो।
आचार्यले मुटु जलिरहेछ, जति चोट दिन्छौ, जहाँ छन् बुद्धका आँखा, हजार सपनाहरूको, माया मेरी साँझ बिहान, हजार आँखा हेर्नेलगायत करिब चार सय गीतमा आवाज दिएका छन्।
वि.सं.२०८० फागुन १५ मंगलवार १७:३१
















