View Point Long Banner Ad

बेमौसममा बिक्री गर्न सुन्तला चिस्यान गृहमा भण्डारण गर्दै किसान

म्याग्दी । बेनी नगरपालिकाका कृषकले उत्पादन गरेको सुन्तला चिस्यान गृहमा भण्डारण गरिएको छ। बेनी–४ सिंगामा निर्माण भएको चिस्यान गृहमा सुन्तला भण्डारण गरिएको हो। बेनी-४ का वडाध्यक्ष अणबहादुर खड्काले बेमौसममा बजारमा पठाउने तयारीसहित चिस्यान गृहमा सुन्तला भण्डारण गरेको बताए।

‘बेनी -३ को मरेक, राखु, वडा नम्बर-४ को बास्कुना, सुर्केमेला र थामडाँडाका कृषकबाट चार सय क्रेट सुन्तला संकलन गरेर राखेका छौँ’, उनले भने, ‘सुन्तलापछि जिल्ला भरका कृषकले उत्पादन गरेको आलुलगायत कृषिउपज भण्डारण गर्ने तयारी गरेका छौँ।’ नगरपालिकाले क्रेट र कृषकले सुन्तला उपलब्ध गराएका छन्। चिस्यान गृहमा राखेको सुन्तला अगामी फागुन चैत महिनाको बेमौसममा बजारमा पठाएर बढी मूल्य पाउन सकिने वडाध्यक्ष खड्काले बताए। कृषिउपज संकलन, भण्डारण र व्यवस्थापनका लागि बेनी नगरपालिकाले गत असोजमा चिस्यान गृह निर्माण गरेको थियो।

एक करोड ८३ लाख ४४ हजार ३७२ रुपैयाँ लागत अनुमान गरिएको चिस्यान गृह बनाउन राजेशबाबु निर्माण सेवा जाजरकोटसँग एक करोड ५१ लख २० हजार सात सय ३८ मा २०७९ फागुन तेस्रो साता सम्झौता भएको थियो। तापक्रमलाई सन्तुलित बनाइराख्ने उपकरण र संरचना भएको सो चिस्यान गृहको क्षमता तीन सय मेट्रिक टन रहेको छ। नगर र म्याग्दीका अन्य पालिकामा उत्पादन हुने कृषिजन्य उत्पादनको उचित व्यवस्थापनमा चिस्यान गृह सहयोगी बन्ने अपेक्षा गरिएको छ। चिस्यान गृह नगरपालिकाको गत आर्थिक वर्षको सबैभन्दा ठूलो र प्राथमिकता प्राप्त योजना हो।

म्याग्दीको रघुगंगा गाउँपालिका-५ झिँमा २० मेट्रिक टन र वडा नम्बर २ भगवतीमा २५ मेट्रिक टन क्षमताको चिस्यान गृह निर्माण भएको छ। झिँमा २१ लाख ७८ हजार रुपैयाँ लागतमा चिस्यान गृह निर्माण भएको गाउँपालिकाका इञ्जिनियर सुदीप गौतमले जानकारी दिए। भगवतीको चिस्यान गृह बनाउन डोलेश्वर महादेव कन्ट्रक्सन एण्ड सप्लायर्सले करबाहेक ७९ लाख ७० हजार ८४ मा ठेक्का सम्झौता गरेको थियो। दुईवटै चिस्यान गृह प्रयोगमा भने आएका छैनन्।


मञ्जुर सर्त मायामाको अपार माया पछि सचिन खड्को अर्काे गीत ‘तिमी भन्नु नै जिन्दगी हो सार्वजनिक

मञ्जुर सर्त मायामाको अपार माया पछि सचिन...

वि.सं.२०८२ चैत २० शुक्रवार ११:०१

  मञ्जुर सर्त मायाको अपार माया पछि सचिन खड्को अर्काे...

सर्जक नबिनबाबु विश्वकर्माका केहि तस्विरहरु

सर्जक नबिनबाबु विश्वकर्माका केहि तस्विरहरु

वि.सं.२०८२ पुस २२ मंगलवार ०९:५९

 

फेरि भेटियो अकबरे खुर्सानीमा अत्यधिक विषादी

फेरि भेटियो अकबरे खुर्सानीमा अत्यधिक विषादी

वि.सं.२०८२ असोज ३० बिहीवार १३:४२

काठमाडौँ । कालीमाटी तरकारी बजारमा बिक्रीका लागि ल्याएको अकबरे खुर्सानीमा...

पर्सा प्रहरीद्वारा ६७ युनिट रगत सङ्कलन

पर्सा प्रहरीद्वारा ६७ युनिट रगत सङ्कलन

वि.सं.२०८२ असोज ३० बिहीवार १३:३९

वीरगञ्ज  । ७० औँ नेपाल प्रहरी दिवसका अवसरमा  जिल्ला प्रहरी...

जेनजीका माग पूरा गर्न सरकारले अहोरात्र काम गरिरहेको छ : सञ्चारमन्त्री खरेल

जेनजीका माग पूरा गर्न सरकारले अहोरात्र काम...

वि.सं.२०८२ असोज ३० बिहीवार १३:३७

काठमाडौँ । सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले जेनजी पुस्ताका...

प्रेस काउन्सिल नेपालद्वारा तथ्य जाँच कार्यदल गठन

प्रेस काउन्सिल नेपालद्वारा तथ्य जाँच कार्यदल गठन

वि.सं.२०८२ असोज २९ बुधवार १९:१२

काठमाडौँ । प्रेस काउन्सिल नेपालले तथ्य जाँच कार्यदल गठन गरेको...