View Point Long Banner Ad

जापानी अभिनेता हारुमा मिउराद्वारा आत्महत्या

एजेन्सी । जापानी अभिनेता हारुमा मिउराको निधन भएको छ । ‘अटैक अन टिटन’, ‘किमी नी तोडोके’ मा निभाएको भूमिकाका लागि परिचित अभिनेता हारुमाको शनिबार मृत्यु भएको हो । 

३० वर्षीय अभिनेताले आत्महत्या गरेको हुनसक्‍ने प्रारम्भिक अनुमान छ । टोक्योस्थित उनकै अपार्टमेन्टमा अचेत भेटिएका उनको अस्पताल लग्‍नेक्रममा मृत्यु भएको हो । तर उनको मृत्युबारे भने कुनै ठोस कारण पत्ता लागिसकेको छैन् ।

प्रहरीले उनको मृत्युबारे अनुसन्धान गरिरहेको  जनाइएको छ ।  

मिउराले टिभीबाट अभिनय यात्रा सुरु गरेका थिए । उनले सन् १९९७ मा एनएचके टिभीको ‘अग्री’ नामक नाटकबाट अभिनय यात्रा सुरु गरेका थिए । 

उनले सन् २००६ मा चलचित्र ‘क्याच अ वेभ’बाट चलचित्रमा डेब्यू गरेका हुन् ।  त्यसपश्चात सन् २०१० मा ‘किमी इन तोडोके’, सन् २०११ मा ‘टोकियो पार्क’, र ‘टिटन’ मा अभिनय गरेका थिए । 

उनको पछिल्लो चलचित्र ‘लिटल नाइट्स, लिटल लभ’ सन् २०१९ मा आएको थियो । 

चलचित्रसँगै उनी टेलिभिजन ड्रामामा पनि उतिकै सक्रिय थिए । रंगमञ्‍चमा पनि उतिकै सक्रिय मिउराले पछिल्लो समय गायनमा पनि करियर सुरु गरेका थिए ।

सन् २०१९ मा ‘फाइट फर योर हार्ट’ शीर्षकको एकल गीत रिलिज गरेका उनको अर्को गीत जुलाई २३ मा रिलिजको तयारीमा थियो । 


मञ्जुर सर्त मायामाको अपार माया पछि सचिन खड्को अर्काे गीत ‘तिमी भन्नु नै जिन्दगी हो सार्वजनिक

मञ्जुर सर्त मायामाको अपार माया पछि सचिन...

वि.सं.२०८२ चैत २० शुक्रवार ११:०१

  मञ्जुर सर्त मायाको अपार माया पछि सचिन खड्को अर्काे...

सर्जक नबिनबाबु विश्वकर्माका केहि तस्विरहरु

सर्जक नबिनबाबु विश्वकर्माका केहि तस्विरहरु

वि.सं.२०८२ पुस २२ मंगलवार ०९:५९

 

सचिन खड्काको “मनजुर सर्त मायामा” गीत सार्वजनिक

सचिन खड्काको “मनजुर सर्त मायामा” गीत सार्वजनिक

वि.सं.२०८२ मंसिर १७ बुधवार १०:५१

  सुमन के.सी. र रोजिना बस्नेतको सुमधुर आवाजमा “मनजुर सर्त...

फेरि भेटियो अकबरे खुर्सानीमा अत्यधिक विषादी

फेरि भेटियो अकबरे खुर्सानीमा अत्यधिक विषादी

वि.सं.२०८२ असोज ३० बिहीवार १३:४२

काठमाडौँ । कालीमाटी तरकारी बजारमा बिक्रीका लागि ल्याएको अकबरे खुर्सानीमा...

पर्सा प्रहरीद्वारा ६७ युनिट रगत सङ्कलन

पर्सा प्रहरीद्वारा ६७ युनिट रगत सङ्कलन

वि.सं.२०८२ असोज ३० बिहीवार १३:३९

वीरगञ्ज  । ७० औँ नेपाल प्रहरी दिवसका अवसरमा  जिल्ला प्रहरी...

जेनजीका माग पूरा गर्न सरकारले अहोरात्र काम गरिरहेको छ : सञ्चारमन्त्री खरेल

जेनजीका माग पूरा गर्न सरकारले अहोरात्र काम...

वि.सं.२०८२ असोज ३० बिहीवार १३:३७

काठमाडौँ । सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले जेनजी पुस्ताका...