गायिका रमला पाख्रिनको नयाँ `म्हेंदोमाया´ गीत रेकर्ड, भिडियोसहित ल्याउने तयारी
काठमाडौं । गायिका रमला पाख्रिन तामाङले नयाँ `म्हेंदोमाया´ गीत रेकर्ड गराएकि छन् । ‘म्हेन्दोमाया’ गीतका लागि चर्चित गायिका रमलाले केही समयअघिमात्र ‘धुन’ बोलको आफ्नो गीतको भिडियो ल्याएकी थिइन् साथै ‘सालैजो’ गीतको अडियो पनि सार्वजनिक गरेकी थिइन् ।
“ङला वोलिरि चिनि दोङ्जी पङ्वारो” बोलको गितमा शैलाप वाइबाको शब्द संगीत रहेको छ भने बरिस्ठ संगीतकार पवन वाङ लामाले संगीत संयोजन गर्नु भएको छ। दिपक बि।सि।ले रेकर्ड गर्नु भएको यस गीतलाई डिजिटल काठमान्डौं स्टुडियोमा रेकर्ड गरिएको छ। जसमा रमला पाख्रिनलाई नेत्र पाख्रीनले पनि स्वरमा साथ दिन भएको छ। अब चाडैनै भिडयो सहित बजारमा आउने तयारी रहेको रमला पाख्रिनले जानकरी दिइन् ।
गायिका रमलाले अहिलेसम्म ६ सयभन्दा बढी गीत गाइसकेकी छ्न् । ‘म्हेन्दोमाया साम्राज्ञी’को उपमा समेत पाएकी रमलाले तामाङ भाषाका अलावा नेपाली गीत पनि उत्तिकै गाउँदै आएकी छ्न्, र रमलाले आफुलाई म्हेन्दोमाया गायिकाको रूपमा स्थापित हुन सफल भइन्, धेरैले उनलाई ‘म्हेन्दोमाया’ गायिकाका रुपमा चिन्ने गरेका छन् ।
वि.सं.२०८० पुस २१ शनिवार १४:२४
















