View Point Long Banner Ad

सांघातिक आक्रमण गर्ने म्यानपावरलाई कारबाही नगरे आन्दोलन गर्छाैं : महासंघ

काठमाडौं । समाजवादी ट्रेड युनियन महासंघले आफ्ना उपाध्यक्षसहित केन्द्रीय सदस्य र वैदेशिक रोजगार पीडितमाथि सांघातिक आक्रमण गर्ने म्यानपावर कम्पनीलाई कारबाही गर्न र आफ्ना पदाधिकारीलाई थुनामुक्त माग गरेको छ ।

समाजवादी ट्रेड युनियन महासंघका अध्यक्ष नवराज दाहालले विज्ञप्ति जारी गरेर महासंघमा आवद्ध वैदेशिक रोजगार उद्धार श्रमिक संघ नेपालका वरिष्ठ उपाध्यक्ष दानबहादुर लामा, केन्द्रीय सदस्य जनक राई, साङ बहादुर तामाङ, प्रशान्त थोकर, वैदेशिक रोजगार पीडित चुन बहादुर तामाङसँगै उनका आपन्त तेजबहादुर तामाङ, रविन्द्र तामाङलाई सांघातिक आक्रमण गरेको भन्दै कारबाहीको माग गरेका हुन् ।

वैदेशिक रोजगार पीडित चुनबहादुरलाई मिलापत्रका लागि बोलाएर सांघातिक आक्रमण गरी उल्टै प्रहरी लगाएर पीडित तथा मध्यस्तकर्ताहरुलाई पक्राएको भन्दै समाजवादी ट्रेड युनियन महासंघले भत्र्सना गरेको छ । महासंघले महासंघका उपाध्यक्ष, वैदेशिक रोजगार उद्धार श्रमिक संघ नेपालका पदाधिकारी, पीडित र पीडितका आफन्तलाई तत्काल थुनामुक्त नगरे संघर्षका कार्यक्रम गर्न बाध्य हुने चेतावनी समेत विज्ञप्तिमार्फत दिएको छ ।

ब्रिज स्काई इन्टरनेशनलबाट फ्रि भिसा, फ्रि टिकट लिई आउदी अरब काम गर्न गएका चुनबहादुरले म्यानपावरले भने अनुसार चित्त बुझ्दो काम नपाएको तथा पाउनु पर्ने सुविधा नपाएको भन्दै स्वदेश फिर्तीका लागि वैदेशिक रोजगार उद्धार श्रमिक संघ नेपालमा निवेदन दिएका थिए । उनको निवेदनका आधारमा उनलाई श्रमिक संघ नेपाले उद्धार गरेर नेपाल ल्याई नेगोसिएशन गर्ने बेलामा बोन म्यानपावर र अलोट म्यानपावरका अनाधिकृत व्यक्तिहरुले हातपात तथा सांघातिक आक्रमण गरेको महासंघका अध्यक्ष दाहालले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

६५ हजार श्रमि आवद्ध भएको समाजवादी ट्रेड युनियन महासंघ संयुक्त ट्रेड युनियन समन्वय केन्द्र (जेटीयुसीसी)मा समेत आवद्ध छ ।


मञ्जुर सर्त मायामाको अपार माया पछि सचिन खड्को अर्काे गीत ‘तिमी भन्नु नै जिन्दगी हो सार्वजनिक

मञ्जुर सर्त मायामाको अपार माया पछि सचिन...

वि.सं.२०८२ चैत २० शुक्रवार ११:०१

  मञ्जुर सर्त मायाको अपार माया पछि सचिन खड्को अर्काे...

सर्जक नबिनबाबु विश्वकर्माका केहि तस्विरहरु

सर्जक नबिनबाबु विश्वकर्माका केहि तस्विरहरु

वि.सं.२०८२ पुस २२ मंगलवार ०९:५९

 

फेरि भेटियो अकबरे खुर्सानीमा अत्यधिक विषादी

फेरि भेटियो अकबरे खुर्सानीमा अत्यधिक विषादी

वि.सं.२०८२ असोज ३० बिहीवार १३:४२

काठमाडौँ । कालीमाटी तरकारी बजारमा बिक्रीका लागि ल्याएको अकबरे खुर्सानीमा...

पर्सा प्रहरीद्वारा ६७ युनिट रगत सङ्कलन

पर्सा प्रहरीद्वारा ६७ युनिट रगत सङ्कलन

वि.सं.२०८२ असोज ३० बिहीवार १३:३९

वीरगञ्ज  । ७० औँ नेपाल प्रहरी दिवसका अवसरमा  जिल्ला प्रहरी...

जेनजीका माग पूरा गर्न सरकारले अहोरात्र काम गरिरहेको छ : सञ्चारमन्त्री खरेल

जेनजीका माग पूरा गर्न सरकारले अहोरात्र काम...

वि.सं.२०८२ असोज ३० बिहीवार १३:३७

काठमाडौँ । सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले जेनजी पुस्ताका...

प्रेस काउन्सिल नेपालद्वारा तथ्य जाँच कार्यदल गठन

प्रेस काउन्सिल नेपालद्वारा तथ्य जाँच कार्यदल गठन

वि.सं.२०८२ असोज २९ बुधवार १९:१२

काठमाडौँ । प्रेस काउन्सिल नेपालले तथ्य जाँच कार्यदल गठन गरेको...