बालकुमारी गोली प्रकरण : सरकार र मृतकका आफन्तबीच ४ बुँदे सहमति
काठमाडौं । बालकुमारी घटना प्रकरणमा मृत्यु भएका दुई युवाको परिवार र सरकारबीच चार बुँदे सहमति भएको छ ।
परिवार र सरकारबीच मृतक परिवारका एक–एक सदस्यलाई सरकारले रोजगारीको व्यवस्था गर्ने, मृतकलाई सहिद घोषणका लागि पहल गर्ने, थप राहत सामग्री उपलब्ध गराउने र मृतक पक्षले आजै शव बुझ्ने सहमति भएको हो ।
गृह मन्त्रालयको पहलमा मृतकका आफन्तसँग छलफल भएको हो। शुक्रबार ललितपुरको बालकुमारीमा प्रहरी र प्रदर्शनकारीबीच झडप हुँदा प्रहरी गोली चलाएको थियो । प्रहरीले चलाएको गोलीबाट दुई युवाको निधन भएको थियो । ज्यान गुमाउने सुजन राउत र वीरेन्द्र शाह थिए।
वि.सं.२०८० पुस १६ सोमवार २१:०९
















