नयाँ वर्षमा लाग्ने ‘द रेड सुटकेस’
काठमाडौं । विश्वका विभिन्न प्रतिष्ठित फिल्म फेस्टिबलको यात्रा गरेको ‘द रेड सुटकेस’ अब घरेलु दर्शकका लागि प्रदर्शन हुने भएको छ ।अंग्रेजी नयाँ वर्षको अवसरमा अन्तर्राष्ट्रिय बजार घुमेको यो फिल्मको प्रदर्शन तय भएको हो ।
‘विश्वका विभिन्न प्रतिष्ठित फिल्म फेस्टिभलको यात्रा गरेको चलचित्र ‘द रेड सुटकेसु, अब घरेलु दर्शक माझ लिएर आउँदैछौं । अंग्रेजी नयाँ वर्ष २०२४ को शुभकामनासहित द रेड सुटकेस चैत ३० मा नेपाल भर प्रदर्शनमा ल्याउने जानकारी गराउन चाहन्छौं । साथै आम दर्शकको माया र साथको अपेक्षा गर्दछौं,’ निर्माता रामकृष्ण पोख्रेलले फिल्मको प्रदर्शन मितिसहितको पोस्टर सार्वजनिक गर्दै सामाजिक सञ्जालमा लेखेका छन् ।
निर्माता रामकृष्ण पोखरेलले विदेशी दर्शकबाट फिल्मले प्रशस्त स्नेह पाएको र घरेलु दर्शकबाट सोही स्तरको स्नेहको अपेक्षा गर्दै फिल्म प्रदर्शन गर्ने निर्णयमा पुगेको बताएका छन् ।
फिडेलकै लेखन रहेको चलचित्रमा सौगात मल्ल, विपिन कार्की, प्रविन खतिवडा, सृष्टि श्रेष्ठ आदि कलाकारको अभिनय छ । सुशन प्रजापतिको छायांकन रहेको फिल्मलाई समन अलभितिगाले सम्पादन गरेका हुन् । श्रीलंकामा प्राविधिक काम गरिएको फिल्ममा शोभा थापा निर्माता र श्रीलंकाकै विमुक्ति जयसुन्दरा सह–निर्माताको रुपमा रहेका छन् ।
वि.सं.२०८० पुस १६ सोमवार १९:५४
















