भारतमा यौन व्यवसाय सञ्चालन गर्ने नेपाली दम्पती पक्राउ
काठमाडौं। भारतको दिल्लीमा यौन व्यवसाय सञ्चालन गर्ने कार्यमा संलग्न रहेको आरोपमा २ जनालाई बुधबार प्रहरीले पक्राउ गरेको छ।
स्याङ्जाको घर भएका टिकाराम भण्डारी र उनकी श्रीमती अस्मिता भण्डारी, रिया वली भनिने टिका कुमारी वली पक्राउ परेका छन् ।
विभिन्न रेष्टुरेन्ट,होटल,फेन्सी पसलमा आकर्षक काम र कमाई राम्रो हुने प्रलोभनमा नेपालदेखि भारतको दिल्ली पुर्याई वेश्यावृत्तिमा लगाएको आरोप छ ।
उनीहरुले आफैंले लिएको अपार्टमेन्टमा राखी यौन क्रियाकलापमा लगाउने गरेको पाइएपछि उनीहरुलाई मानव बेचबिखन अनुसन्धान ब्यूरो बबरमहलबाट खटिएको प्रहरीले कञ्चनपुरबाट पक्राउ गरेको हो।
वि.सं.२०८० पुस १६ सोमवार १९:३१
















