११ बर्षका सुभाष गोतामे ले गाए यति मीठो आवाजमा राष्ट्र प्रेमको गीत
११ बर्षका सुभाष गोतामे ले गाए यति मीठो आवाजमा राष्ट्र प्रेमको गीत .
वालिङ नगरपालिका वडा १२ निवासी ११ वर्षीय सुभाष गोतामेले सुन साथि मिलि जुली अघि बढ्नु पर्छ बोलको गीत बजारमा ल्याएका छन ।जसको शब्द संगीत र संगीत संयोजक भने गायक तथा संगीतकार चेतन गोतामे ले गरेका हुन ।
यस गीतका गीतकार संगीतकार चेतन गोतामेका अनुसार यस गीतले शिक्षा, स्वास्थ्य,संगै वर्तमान सामाजिक परिवेश र राष्ट्रियता समेत बोकेको बताए ।
पछिल्लो पुस्तामा राष्ट्र भाव र सामाजिक परिवेशका गीत संगीत प्रति बढ्दो वितृष्णा लाई चिर्नका लागि यस्तो सन्देश मुलक गीत सृजना गरेको गोतामे बताउँछन ।
यस गीतका निर्माता सुभाष गोतामेका आफ्नै पिता सुर्य गोतामेले गरेका छन भने गीत चेतन गोतामे को आफ्नै थ्यगतगदभ ऋजबललभ िमार्फत साभार गरिएको छ ।
यति धेरै सामाजिक परिवेश र राष्ट्रियता बोकेको गीत सबै दर्शकले मन पराउने गोतामेको दाबी छ ।
वि.सं.२०८० मंसिर १९ मंगलवार १०:३१
















