View Point Long Banner Ad

विद्यालय शिक्षा विधेयकमा छलफल गर्न कांग्रेसले बोलायो सांसदहरुको बैठक

विद्यालय शिक्षा विधेयकमा छलफल गर्न कांग्रेसले बोलायो सांसदहरुको बैठक

५ असोज, काठमाडौं । नेपाली कांग्रेसले विद्यालय शिक्षा विधेयकका सन्दर्भमा छलफल गर्न र पार्टीको एकीकृत धारणा बनाएर अगाडि बढ्न सांसदहरुको बैठक बोलाएको छ ।कांग्रेसले संसदमा दर्ता भएका विधेयकहरु उपर निरन्तर छलफल गर्दै आएको छ । त्यस कार्यक्रम अन्तर्गत असोज ८ र ९ गते विद्यालय शिक्षा विधेयकमा छलफल गर्न कांग्रेसले सांसदहरुलाई संससद भवन नयाँ वानेश्वर स्थित लोत्सेहलमा बैठक बोलाएको छ ।

नेपाली कांग्रेसका प्रमुख सचेतक रमेश लेखकका अनुसार विधेयक माथिको छलफलमा सांसदहरुको सहभागिता रहँदै आएको छ । विद्यालय शिक्षा विधेयक धेरै चासोको विषय भएकाले यसमा एकीकृत धारणा तय गर्नु आवश्यक रहेकाले पार्टीका केन्द्रिय सदस्यहरुलाई समेत विधेयकमाथिको छलफलमा आमन्त्रण गरेका छन् । शुक्रबार पार्टीको केन्द्रिय समितिको बैठकमा बोल्दै उनले केन्द्रिय सदस्यहरुलाई समेत विधेयकमाथिको छलफलमा आमन्त्रण गरेका हुन् ।

शिक्षा विधेयक २०८० शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री अशोक कुमार राईले गत भदौ २७ गते प्रतिनिधि सभामा दर्ता गरेका थिए । प्रस्तावित विधेयकमा असन्तुष्ट शिक्षकहरु आन्दोलनमा छन् । प्रमुख सचेतक लेखकका अनुसार असोज ११ गते विद्युत विधेयकमाथि छलफल गर्ने तय भएको छ । विद्युत विधेयक ऊर्जा, जलस्रोत तथा सिंचाइ मन्त्री शक्ति बहादुर बस्नेतले गत भदौ २७ गते प्रतिनिधि सभामा दर्ता गरेका थिए ।


फेरि भेटियो अकबरे खुर्सानीमा अत्यधिक विषादी

फेरि भेटियो अकबरे खुर्सानीमा अत्यधिक विषादी

वि.सं.२०८२ असोज ३० बिहीवार १३:४२

काठमाडौँ । कालीमाटी तरकारी बजारमा बिक्रीका लागि ल्याएको अकबरे खुर्सानीमा...

पर्सा प्रहरीद्वारा ६७ युनिट रगत सङ्कलन

पर्सा प्रहरीद्वारा ६७ युनिट रगत सङ्कलन

वि.सं.२०८२ असोज ३० बिहीवार १३:३९

वीरगञ्ज  । ७० औँ नेपाल प्रहरी दिवसका अवसरमा  जिल्ला प्रहरी...

जेनजीका माग पूरा गर्न सरकारले अहोरात्र काम गरिरहेको छ : सञ्चारमन्त्री खरेल

जेनजीका माग पूरा गर्न सरकारले अहोरात्र काम...

वि.सं.२०८२ असोज ३० बिहीवार १३:३७

काठमाडौँ । सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले जेनजी पुस्ताका...

प्रेस काउन्सिल नेपालद्वारा तथ्य जाँच कार्यदल गठन

प्रेस काउन्सिल नेपालद्वारा तथ्य जाँच कार्यदल गठन

वि.सं.२०८२ असोज २९ बुधवार १९:१२

काठमाडौँ । प्रेस काउन्सिल नेपालले तथ्य जाँच कार्यदल गठन गरेको...

प्रतिनिधिसभा पुनर्स्थापनामा सभामुखले पाएनन् दलहरुको ‘ग्रीन सिग्नल’

प्रतिनिधिसभा पुनर्स्थापनामा सभामुखले पाएनन् दलहरुको ‘ग्रीन सिग्नल’

वि.सं.२०८२ असोज २९ बुधवार १८:११

काठमाडौँ । विघटित प्रतिनिधिसभामा प्रतिनिधित्व गर्ने राजनीतिक दलहरूमध्ये नेकपा एमाले...

मन्त्री घिसिङ र जर्मन राजदूतबिच भेटवार्ता

मन्त्री घिसिङ र जर्मन राजदूतबिच भेटवार्ता

वि.सं.२०८२ असोज २९ बुधवार १५:५४

काठमाडौँ । ऊर्जा, जलस्रोत तथा सिँचाइ, भौतिक पूर्वाधार तथा यातायात...