View Point Long Banner Ad

धनकुटामा गाईजात्राको रौनक

धनकुटामा गाईजात्राको रौनक

भाद्र १४, २०८०रमेशचन्द्र अधिकारी

धनकुटा — दिवंगत आफन्तजनको सम्झना तथा आत्माशान्तिको लागि मनाइने गाईजात्रा पर्वका अवसरमा बिहीबार धनकुटामा बृहत् झाँकी प्रदर्शन गरिएको छ ।

नेवार समुदायमा दिवंगत परिवारका सदस्यको तस्बिर, गाई, कुमारी, कन्या र लाखे नाच तथा विभिन्न झाँकीसहित बजार परिक्रमा गर्ने चलन छ । धनकुटा–७ को श्रीवनीमा भेला भएर बजारका विभिन्न भागको परिक्रमा पछि सम्बन्धित घरमा पुगेर परम्परागत रुपमा जात्राको विधि गरिने स्थानीय राजेश्वर श्रेष्ठले बताए । भाद्र कृष्ण प्रतिपदादेखि कृष्ण जन्माष्टमीसम्म गाईजात्रा मनाउने गरिन्छ । दिवंगत भएका व्यक्तिको घरबाट निकालिएको गाईजात्रा श्रीवनीमा भेला भएर सामूहिक रुपमा बजार परिक्रमा गरिएको थियो ।

नेवार समुदायको बाहुल्य रहेको धनकुटा बजार क्षेत्रमा यो चाड धुमधामले मनाइन्छ । यस वर्ष धनकुटा बजार क्षेत्रबाट नेवार समुदायका १८ जनाको निधन भएको नेवाः दे दबुका नगर अध्यक्ष रोशन श्रेष्ठले जानकारी दिए । जात्राको मुख्य आकर्षणमा घिन्ताङकिसी, तमाचाहालगायत मुख्य थिए । २० फिट अग्लो उक्त तमाचाहा बजारमा घुमाउँदा विद्युत तथा टेलिफोनको तार भने बाधक हुने गरेको सहभागीले गुनासो गरे । यसैबीच, पछिल्लो समय पहिले बजारमा पनि नेवार समुदायले मौलिक पर्वजात्रा मनाउन थालेको झिगु नेवा समाजका अध्यक्ष दिजेश शाक्यले बताए । धिमे बाजा, झ्याम्टा, ठ्याक्ठुके लगायतका नृत्य तथा बाजासहित जात्रा मनाउने गरिन्छ ।


फेरि भेटियो अकबरे खुर्सानीमा अत्यधिक विषादी

फेरि भेटियो अकबरे खुर्सानीमा अत्यधिक विषादी

वि.सं.२०८२ असोज ३० बिहीवार १३:४२

काठमाडौँ । कालीमाटी तरकारी बजारमा बिक्रीका लागि ल्याएको अकबरे खुर्सानीमा...

पर्सा प्रहरीद्वारा ६७ युनिट रगत सङ्कलन

पर्सा प्रहरीद्वारा ६७ युनिट रगत सङ्कलन

वि.सं.२०८२ असोज ३० बिहीवार १३:३९

वीरगञ्ज  । ७० औँ नेपाल प्रहरी दिवसका अवसरमा  जिल्ला प्रहरी...

जेनजीका माग पूरा गर्न सरकारले अहोरात्र काम गरिरहेको छ : सञ्चारमन्त्री खरेल

जेनजीका माग पूरा गर्न सरकारले अहोरात्र काम...

वि.सं.२०८२ असोज ३० बिहीवार १३:३७

काठमाडौँ । सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले जेनजी पुस्ताका...

प्रेस काउन्सिल नेपालद्वारा तथ्य जाँच कार्यदल गठन

प्रेस काउन्सिल नेपालद्वारा तथ्य जाँच कार्यदल गठन

वि.सं.२०८२ असोज २९ बुधवार १९:१२

काठमाडौँ । प्रेस काउन्सिल नेपालले तथ्य जाँच कार्यदल गठन गरेको...

प्रतिनिधिसभा पुनर्स्थापनामा सभामुखले पाएनन् दलहरुको ‘ग्रीन सिग्नल’

प्रतिनिधिसभा पुनर्स्थापनामा सभामुखले पाएनन् दलहरुको ‘ग्रीन सिग्नल’

वि.सं.२०८२ असोज २९ बुधवार १८:११

काठमाडौँ । विघटित प्रतिनिधिसभामा प्रतिनिधित्व गर्ने राजनीतिक दलहरूमध्ये नेकपा एमाले...

मन्त्री घिसिङ र जर्मन राजदूतबिच भेटवार्ता

मन्त्री घिसिङ र जर्मन राजदूतबिच भेटवार्ता

वि.सं.२०८२ असोज २९ बुधवार १५:५४

काठमाडौँ । ऊर्जा, जलस्रोत तथा सिँचाइ, भौतिक पूर्वाधार तथा यातायात...