View Point Long Banner Ad

कोशीका मुख्यमन्त्रीले पाएको विश्वासको मत विवादमय भयो

कोशी प्रदेशका मुख्यमन्त्री उद्धव थापाले प्रदेश सभाबाट पाएको भनिएको विश्वासको मत विवादमा तानिएको छ। विपक्षी दल एमालेले विश्वासको मत लिने क्रममा सत्ता गठबन्धनले धाँधली गरेको आरोप लगाउँदै त्यसलाई अस्वीकार गर्ने बताएको छ ।

उपसभामुखको अनुपस्थितिमा सोमबारको बैठकको सभाध्यक्ष गरेका इस्राइल मन्सुरीले भोटिङका क्रममा सांसद गीता तिम्सिनालाई बोलाएपछि संसदमा हंगामा सुरु भएको थियो ।

उनले गीतालाई सभाध्यक्ष गर्न दिएपछि सोही क्रममा थापाको पक्षमा भोट त हाले तर विपक्षी दलका सांसदले चर्को नाराबाजी गरे । नाराबाजीका बीच फेरि सभाध्यक्ष गरेर मन्सुरीले थापाले प्रदेशसभाको विश्वासको मत पाएको घोषणा गरे ।

कोशी प्रदेशका मुख्यमन्त्री थापाले पाए विश्वासको मत

थापाको पक्षमा ४७ मत प्राप्त भयो भने विपक्षमा ३० मत पर्यो । अन्य सांसद भने प्रदेशसभामा विश्वासको मत फेल गराउने लक्ष्यका साथ अनुपस्थित भएका थिए ।

गत साउन १६ गते मुख्यमन्त्रीमा नियुक्त भएका थापाले आज विश्वासको मत लिएका हुन् ।

सभामुखले राजीनामा दिएसँगै उपसभामुखले प्रदेशसभा चलाउनु पर्ने भएपनि उपसभामुख सिर्जना दनुवार बिरामी भएको भन्दै काठमाडौं लागेसँगै प्रदेशसभामा सुरुमा अन्योलता र पछि विवाद भएको हो । दिउँसो संचारकर्मीसँग प्रतिक्रिया दिँदै मुख्यमन्त्री उद्धब थापाले विश्वासको मत लिने समय टरेको बताएका थिए । तर, पुनः गठबन्धनको बैठकले विश्वासको मत लिने निर्णय गरेको थियो ।

यससँगै ज्येष्ठ सदस्यको हैसियतमा कांग्रेस प्रदेश सभा सदस्य मन्सुरीले सभाको अध्यक्षता गर्ने बाध्यता आएको थियो । प्रदेशसभामा विपक्षमा एमालेको ४० र राप्रपाको ६ जना सांसद रहेका छन् । यस्तै सत्ता गठबन्धनको मन्सुरीसहित ४७ सांसद थियो । जुन प्रदेशसभामा कायम कुल सदस्यको बहुमत हो ।

पुस २४ गते मुख्यमन्त्रीमा नियुक्त भएका हिक्मतकुमार कार्की नेतृत्वको सरकार २०७९ असार १५ गते ढलेको थियो । त्यसपछि असार २१ गते सभामुख बाबुराम गौतमको समेत समर्थनमा मुख्यमन्त्रीमा नियुक्त भएका थापालाई सर्वोच्च अदालतको आदेशले साउन ११ गते पदमुक्त गरेको थियो ।

पुनः साउन १७ गते मुख्यमन्त्रीमा नियुक्त भएका थापाले विश्वासको मत लिने समय भदौ १३ गतेसम्म कायम रहन्छ । तर, उनले आजै विश्वासको मत लिन लिएका हुन् ।
विवादका बीच थापाले विश्वासको मत पाएसँगै कोशीको राजनीति पेचिलो बन्ने निश्चित छ ।


मञ्जुर सर्त मायामाको अपार माया पछि सचिन खड्को अर्काे गीत ‘तिमी भन्नु नै जिन्दगी हो सार्वजनिक

मञ्जुर सर्त मायामाको अपार माया पछि सचिन...

वि.सं.२०८२ चैत २० शुक्रवार ११:०१

  मञ्जुर सर्त मायाको अपार माया पछि सचिन खड्को अर्काे...

सर्जक नबिनबाबु विश्वकर्माका केहि तस्विरहरु

सर्जक नबिनबाबु विश्वकर्माका केहि तस्विरहरु

वि.सं.२०८२ पुस २२ मंगलवार ०९:५९

 

फेरि भेटियो अकबरे खुर्सानीमा अत्यधिक विषादी

फेरि भेटियो अकबरे खुर्सानीमा अत्यधिक विषादी

वि.सं.२०८२ असोज ३० बिहीवार १३:४२

काठमाडौँ । कालीमाटी तरकारी बजारमा बिक्रीका लागि ल्याएको अकबरे खुर्सानीमा...

पर्सा प्रहरीद्वारा ६७ युनिट रगत सङ्कलन

पर्सा प्रहरीद्वारा ६७ युनिट रगत सङ्कलन

वि.सं.२०८२ असोज ३० बिहीवार १३:३९

वीरगञ्ज  । ७० औँ नेपाल प्रहरी दिवसका अवसरमा  जिल्ला प्रहरी...

जेनजीका माग पूरा गर्न सरकारले अहोरात्र काम गरिरहेको छ : सञ्चारमन्त्री खरेल

जेनजीका माग पूरा गर्न सरकारले अहोरात्र काम...

वि.सं.२०८२ असोज ३० बिहीवार १३:३७

काठमाडौँ । सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले जेनजी पुस्ताका...

प्रेस काउन्सिल नेपालद्वारा तथ्य जाँच कार्यदल गठन

प्रेस काउन्सिल नेपालद्वारा तथ्य जाँच कार्यदल गठन

वि.सं.२०८२ असोज २९ बुधवार १९:१२

काठमाडौँ । प्रेस काउन्सिल नेपालले तथ्य जाँच कार्यदल गठन गरेको...