View Point Long Banner Ad

काठमाडौंमा करिव १०० स्थान डुवान, पुनर्स्थापना भने ठप्प

 

काठमाडौँ । काठमाडौं महानगरपालिकाको प्रारम्भिक लगत संकलन अनुसार काठमाडौंका १ सय ७ स्थान बाढीको उच्च डुबानमा पर्ने गरेको पाइएको छ । बर्सातको पानी, ढल ओभरफ्लो हुँदा, खहरे खोला, पानीको बहाब बढ्दा, वर्षाको पानीको निकास पूर्ण रुपमा नहुँदा, भेल र ढल निकास नभएका कारणले गर्दा महानगरका धेरै जसो क्षेत्रहरू डुबानमा पर्ने गरेको महानगरको विपद् व्यवस्थापन विभागले जनाएको छ । स्रोतका अनुसार प्रारम्भिक रूपमा वडाहरूबाट ९५ स्थानमा डुबानको समस्या झेलिरहेका छन् । बाँकी विवरणहरू महानगर आफैंले संकलन गरेको हो ।

महानगरपालिकाको विपद् व्यवस्थापन विभागका महाशाखा प्रमुख समेत रहेका नगर प्रहरी उपरीक्षक विष्णु जोशीका अनुसार वडा नम्बर १ मा हुँदै बग्ने टुकुचा खोलानजिक नारायणहिटी दरबारको उत्तरतर्फ धोबीधारा सडक, नक्साल भगवतीबहाल चोक, केशरमहल र जमल क्षेत्रमा वर्षासँगै ढल ओभरफ्लो हुँदा डुबान हुने गर्छ ।

वडा नम्बर ४ मा विभिन्न ७ स्थानमा खहरेसँगै आउने ढलले डुबान हुने गर्छ । गत साउन २ गते सो वडामा पर्ने इच्छुमती मार्ग–चिनियाँ दूतावास पश्चिम,तल्लो बालुवाटार क्षेत्र ढलका कारण डुबानमा परेको महानगरको विपद् व्यवस्थापन विभागले उपलब्ध गराएको विवरणमा उल्लेख छ । साउन १ गते बर्सातसँगै खहरे खोलाका कारण वडा नम्बर ६ मा पाटीटार, सरस्वती नगर, शान्तिनगर, रामनगरलगायतका स्थानमा डुबानमा परेको थियो । वर्षाका कारण कुमारी गाल, गौरीघाट, गंगाहिटी, गोपीकृष्ण, साततले एरिया क्षेत्रमा डुबानमा पर्दै आएको छ । विपद् व्यवस्थापन विभागका अनुसार वडा नम्बर ८ मा पर्ने पन्चकन्या टोल र गुहेश्वर टोल क्षेत्रमा बौद्ध हुँदै आउने आकाशे पानीका कारण डुबानमा पर्ने गरेको छ ।

यस्तै, वडा नम्बर १६ मा पर्ने सोह्रखुटे गणेस्थान मार्गभित्रको क्षेत्र, ऐराहिटी, ढुंगेधारा क्षेत्र, खरिबोट क्षेत्र वर्षा हुनेबित्तिकै डुबानमा पर्ने गर्छ । विष्णुमती नदीमा बहाव बढ्दा १६ र १७ नम्बर छुट्याउने नयाँ पुलदेखि प्रहरी बिटसम्म, क्वाःबहाल, ढल्कोस्थित बुद्ध गल्ली क्षेत्र डुबानमा पर्ने गर्छ । कालोपुलदेखि रातेपुलसम्म डिल्लीबजार पिपलबोटदेखि सेतोपुल क्षेत्रसम्म वर्षातको पानी पूर्ण रुपमा निकास नहुँदा जनतामार्ग, पञ्चकुमारी मार्ग, पवन मार्ग, सहिद मार्गलगायतका क्षेत्रमा डुबानमा पर्छन् ।

पहिलो पटक सबै वडाहरूबाट डुबानग्रस्त हुने क्षेत्रहरूको प्रराम्भिक लगत तयार गरिएको बताउँदै विभागीय प्रमुख पोखरलेलले हालसम्म डुबान हुने घरहरूको संख्या नभएको बताए । मध्य मनसुनको समयमा पनि महानगरले विपद्सँग जुध्ने त्यस किसिमको तयारी गरेको पाइएको छैन । महानगरले जुद्ध वरुणयन्त्र मार्फत नगर प्रहरीलाई परिचालन गरेर खोज तथा उद्धार कार्यमा संलग्न गराउँदै आएको छ । महानगरले विपद् तथा डुबानको घटनामा सहजीकरण गर्नका लागि नगर प्रहरी परिचालन गरिएको उनले जानकारी दिए ।

विपद्को पूर्वतयारी तथा प्रतिकार्यका लागि भनेर महानगरले विपद् व्यवस्थापन कोष पनि बनाएको छ । कुनै स्थानमा तत्काल डुबान भए तत्कालनै राहत वितरण भने महानगरले गरेको छैन । यस्तै, स्तरसम्म विपद् व्यवस्थापन समिति गठन गरिएपछि उनीहरूलाई त्यससम्बन्धीको ज्ञान नै नभएको पाइएको छ । विपद् व्यवस्थापन विभागका अनुसाार हालसम्म सो समितिमा रहेका सदस्य तथा पदाधिकारीहरलाई विपद् र त्यस सम्बन्धीको कुनै सामान्य जानकारी एवं प्रशिक्षण नै दिइएको छैन ।

महानगर क्षेत्रभित्र प्राकृतिक तथा गैरप्राकृतिक विपद्बाट सर्वसधारणको जीउज्यान र सार्वजनिक, निजी तथा व्यक्तिगत सम्पत्ति, प्राकृतिक एवं सांस्कृतिक सम्पदा र भौतिक संरचनाको संरक्षण गर्न विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापनका सबै क्रियाकलपाको समन्वयात्मक र प्रभावकारी रूपमा कार्यान्वयन गर्न भन्दै २०७५ सालमा ‘काठमाडौं महानगरपालिका विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन ऐन’ ल्यााएको छ ।

काठमाडौंमा भारी वर्षा भएर डुबानको स्थिति आए सुरक्षित स्थानमा पीडितहरूलाई राख्ने ‘रिह्याबिलिटेसन सेन्टर’ छैन । महानगरले पार्क तथा खुला क्षेत्रहरू निर्माण गरिरहे पनि भारी वर्षा आउँदा पीडितहरूलाई राख्न त्यस्ता स्थान उपयुक्त मानिदैन । तिनको विकल्पमा महानगरले विद्यालय तथा पार्टी प्यालेसहरू प्रयोग गर्ने रणनीति अख्तियार गरेको देखिन्छ ।

 


मञ्जुर सर्त मायामाको अपार माया पछि सचिन खड्को अर्काे गीत ‘तिमी भन्नु नै जिन्दगी हो सार्वजनिक

मञ्जुर सर्त मायामाको अपार माया पछि सचिन...

वि.सं.२०८२ चैत २० शुक्रवार ११:०१

  मञ्जुर सर्त मायाको अपार माया पछि सचिन खड्को अर्काे...

सर्जक नबिनबाबु विश्वकर्माका केहि तस्विरहरु

सर्जक नबिनबाबु विश्वकर्माका केहि तस्विरहरु

वि.सं.२०८२ पुस २२ मंगलवार ०९:५९

 

फेरि भेटियो अकबरे खुर्सानीमा अत्यधिक विषादी

फेरि भेटियो अकबरे खुर्सानीमा अत्यधिक विषादी

वि.सं.२०८२ असोज ३० बिहीवार १३:४२

काठमाडौँ । कालीमाटी तरकारी बजारमा बिक्रीका लागि ल्याएको अकबरे खुर्सानीमा...

पर्सा प्रहरीद्वारा ६७ युनिट रगत सङ्कलन

पर्सा प्रहरीद्वारा ६७ युनिट रगत सङ्कलन

वि.सं.२०८२ असोज ३० बिहीवार १३:३९

वीरगञ्ज  । ७० औँ नेपाल प्रहरी दिवसका अवसरमा  जिल्ला प्रहरी...

जेनजीका माग पूरा गर्न सरकारले अहोरात्र काम गरिरहेको छ : सञ्चारमन्त्री खरेल

जेनजीका माग पूरा गर्न सरकारले अहोरात्र काम...

वि.सं.२०८२ असोज ३० बिहीवार १३:३७

काठमाडौँ । सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले जेनजी पुस्ताका...

प्रेस काउन्सिल नेपालद्वारा तथ्य जाँच कार्यदल गठन

प्रेस काउन्सिल नेपालद्वारा तथ्य जाँच कार्यदल गठन

वि.सं.२०८२ असोज २९ बुधवार १९:१२

काठमाडौँ । प्रेस काउन्सिल नेपालले तथ्य जाँच कार्यदल गठन गरेको...