View Point Long Banner Ad

भदौमा मात्रै ३३ हजारले लिए मलेसिया जान श्रम स्वीकृति

एक महिनामा ३३ हजार भन्दा बढीले मलेसिया जान श्रम स्वीकृति लिएको पाइएको छ । भदौ महिना मात्रै वैदेशिक रोजगारीका लागि मलेसिया जान ३३ हजार ३ जनाले श्रम स्वीकृति लिएको वैदेशिक रोजगार विभागको तथ्यांकले देखाएको छ ।

यसरी श्रम स्वीकृति लिनेमा ३१ हजार ९२० जना पुरुष छन् भने १ हजार ८३ जना महिला रहेका छन् । उनीहरूले संस्थागत रूपमा श्रम स्वीकृति लिएका हुन् । त्यस्तै १७ जनाले व्यक्तिगत श्रम स्वीकृति लिएका छन् ।

साउनमा २२ हजार ३६१ जनाले मलेसिया जान श्रम स्वीकृति लिएका थिए । साउनको तुलनामा भदौमा १० हजार ६४२ जना बढीले मलेसिया जान श्रम स्वीकृति लिएका हुन् ।

भदौमा ७६ हजार ४०३ जनाले वैदेशिक रोजगारीका लागि श्रम स्वीकृति लिएका थिए । जसमा ६८ हजार ८८४ पुरुष र ७ हजार ५१९ महिला रहेका छन् । भदौ महिनामा १३ जना उच्च दक्ष जनशक्तिले वैदेशिक रोजगारीका लागि श्रम स्वीकृति लिएका छन् । त्यस्तै १४६ जना प्रोफेसनल, ५ हजार ९२ जना अर्ध दक्ष जनशक्ति, ४६ हजार ६९ जना दक्ष जनशक्ति र २५ हजार ८३ जना अदक्ष जनशक्ति रहेका छन् ।

साउनमा ३५ हजार ६०५ जना नेपाली वैदेशिक रोजगारीबाट स्वदेश फर्किएका थिए । भने ६३ हजार ३९ जनाले वैदेशिक रोजगारीका लागि श्रम स्वीकृति लिएका थिए ।


मञ्जुर सर्त मायामाको अपार माया पछि सचिन खड्को अर्काे गीत ‘तिमी भन्नु नै जिन्दगी हो सार्वजनिक

मञ्जुर सर्त मायामाको अपार माया पछि सचिन...

वि.सं.२०८२ चैत २० शुक्रवार ११:०१

  मञ्जुर सर्त मायाको अपार माया पछि सचिन खड्को अर्काे...

सर्जक नबिनबाबु विश्वकर्माका केहि तस्विरहरु

सर्जक नबिनबाबु विश्वकर्माका केहि तस्विरहरु

वि.सं.२०८२ पुस २२ मंगलवार ०९:५९

 

फेरि भेटियो अकबरे खुर्सानीमा अत्यधिक विषादी

फेरि भेटियो अकबरे खुर्सानीमा अत्यधिक विषादी

वि.सं.२०८२ असोज ३० बिहीवार १३:४२

काठमाडौँ । कालीमाटी तरकारी बजारमा बिक्रीका लागि ल्याएको अकबरे खुर्सानीमा...

पर्सा प्रहरीद्वारा ६७ युनिट रगत सङ्कलन

पर्सा प्रहरीद्वारा ६७ युनिट रगत सङ्कलन

वि.सं.२०८२ असोज ३० बिहीवार १३:३९

वीरगञ्ज  । ७० औँ नेपाल प्रहरी दिवसका अवसरमा  जिल्ला प्रहरी...

जेनजीका माग पूरा गर्न सरकारले अहोरात्र काम गरिरहेको छ : सञ्चारमन्त्री खरेल

जेनजीका माग पूरा गर्न सरकारले अहोरात्र काम...

वि.सं.२०८२ असोज ३० बिहीवार १३:३७

काठमाडौँ । सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले जेनजी पुस्ताका...

प्रेस काउन्सिल नेपालद्वारा तथ्य जाँच कार्यदल गठन

प्रेस काउन्सिल नेपालद्वारा तथ्य जाँच कार्यदल गठन

वि.सं.२०८२ असोज २९ बुधवार १९:१२

काठमाडौँ । प्रेस काउन्सिल नेपालले तथ्य जाँच कार्यदल गठन गरेको...