नुहाउँदा बेपत्ता भएका शिक्षक २२ घण्टापछि हेलिकोप्टरमार्फत उद्धार
सिन्धुपाल्चोकको हेलम्बु गाउँपालिका वडा नं। १ स्थित छ्यादी खोलामा नुहाउने क्रममा हराएका शिक्षक केशव शिवाकोटीको २२ घण्टापछि उद्धार गरिएको छ । दोलखाको कालिञ्चोक ३ स्थायी घर भएका शिवाकोटीलाई नेपाली सेनाको हेलिकोप्टरको सहयोगमा उद्धार गरिएको हो ।
शिक्षक शिवाकोटी ढुंगामा अड्किएको अवस्थामा फेला परेका थिए । हेलम्बु गाउँपालिकाका अध्यक्ष निमा ग्याल्जेन शेर्पाका अनुसार भीरबाट शिवाकोटीको आवाज आएपछि उद्धारको पहल थालिएको थियो ।
वि.सं.२०७९ असोज २ आइतवार १६:०८
















