राजा फर्काउन १५ गते युवा शक्ति नेपालले नारायणहिटीमा धर्ना गर्ने
राजसंस्था पुनःस्थापनाको लागि शाही युवा शक्ति नेपालले आगामी भदौ १५ गते वृहत् धर्ना कार्यक्रम गर्ने भएको छ । बुधबार रिपोर्टर्स क्लब नेपालमा पत्रकार सम्मेलन पूर्वराजा ज्ञानेन्द्र शाहलाई तेस्रोपटक राजा बनाउने उद्देश्यले नारायणहिटी दरबार स्व।महेन्द्र शाहको सालिक अगाडी धर्ना कार्यक्रमको आयोजना गरिएको जानकारी दिइएको हो ।
पत्रकार सम्मेलन बोल्दै शाही युवा शक्ति नेपालका अध्यक्ष पशुपति खड्काले जनताहरू पहिला जस्तो गणतन्त्रमा अहिले खुसी नभएको दाबी गरे । उनले अहिलेको व्यवस्था गणतन्त्र फाल्न शाही युवा शक्ति नेपालले विभिन्न कार्यक्रम गर्दै आएको बताए । ज्ञानेन्द्रलाई तेस्रोपटक राजा घोषणा गर्न कञ्जुस्याइँ गर्न नहुने र सबै नागरिक देशको झण्डा बोकेर सडकमा आउनुपर्नेमा उनले जोड दिए ।
वि.सं.२०७९ भदौ ८ बुधवार १५:१५
















