नक्सा र डोजर लिएर अल्फाबिटा भत्काउन पुगे मेयर बालेन
काठमाडौं महानगरपालिकाका मेयर बालेन साह फेरि अल्फाबिटा कम्प्लेस पुगेका छन् ।
अबैधानिक संरचना हटाउन बिहीबार अल्फाबिटा कम्प्लेक्स पुग्दा प्रतिनिधिले कुनै अवैध काम नगरेको बताएका थिए । मेयर बालेनले नक्सा देखाउन माग गर्दै उल्टा उनलाई नक्सा महानगरसँग हुनुपर्ने तर्क गर्दै विवाद गरेका थिए ।
कार्यालय फर्किएका मेयर बालेन अहिले नक्सा र नगरप्रहरी लिएर अल्फाबिटा पुगेका छन् ।
त्यसपछि भने अल्फबिटाका प्रतिनिधिको बोली फेरियो । उनले मेयर बालेनलाई भने, ‘नक्सा लिएर आउनुभयो, टाइम दिनु्स् ।’
वि.सं.२०७९ भदौ ९ बिहीवार १५:४९
















