View Point Long Banner Ad

बाबुरामसँगै वामदेवलाई पनि चुनाव चिह्न दिने माओवादी केन्द्रको निर्णय

नेकपा माओवादी केन्द्रले बाबुराम भट्टराई नेतृत्वको नेसपा र वामदेव गौतम नेतृत्वको नेकपा एकता राष्ट्रिय अभियानलाई चुनाव चिह्न प्रयोग गर्न दिने निर्णय गरेको छ। मंगलबार बसेको माओवादी स्थायी कमिटी बैठकले भट्टराई र गौतम दुबैलाई संघीय निर्वाचनमा चुनाव चिह्न प्रयोग गर्न दिने निर्णय गरेको हो ।

माओवादी केन्द्रका आमन्त्रित स्थायी समिति पेशल खतिवडाका अनुसार भट्टराईलाई पार्टीको चुनाव चिह्न प्रयोग गरेर निर्वाचन लड्न दिने औपचारिक निर्णय भएको छ। तर, वामदेवको हकमा चुनाव चिह्न दिएपनि कहाँबाट लड्ने भन्नेबारे चाहिँ गठबन्धनमा छलफल गरेर निष्कर्षमा पुग्ने निर्णय भएको छ ।

वामदेवजी हँसिया हथौडा चुनाव चिह्न लिएर चुनाव लड्न तयार हुनुहुन्छ । उहाँले तपाईंहरुको पार्टीको चुनाव चिह्नमा लड्छु भन्नु भएपछि हामीले चुनाव चिह्न दिने निर्णय गर्‍यौँ’ हामीसँग कुरा गर्दै खतिवडाले भने,‘उहाँ (वामदेव)ले बर्दियाबाट नभइ प्यूठानमै चुनाव लड्छु भनेपछि गठबन्धनमा अप्ठ्यारो भयो । प्यूठानबाहेक अन्त चुनाव लड्दिनँ भन्ने भएपछि गठबन्धनमा छलफल गरेर मात्रै टुंग्याउनु पर्नेछ ।’ प्यूठान जनमोर्चालाई दिने गठबन्धनमा छलफल भइरहेकाले वामदेवले दाबी गरेपछि समस्या परेको हो ।


मञ्जुर सर्त मायामाको अपार माया पछि सचिन खड्को अर्काे गीत ‘तिमी भन्नु नै जिन्दगी हो सार्वजनिक

मञ्जुर सर्त मायामाको अपार माया पछि सचिन...

वि.सं.२०८२ चैत २० शुक्रवार ११:०१

  मञ्जुर सर्त मायाको अपार माया पछि सचिन खड्को अर्काे...

सर्जक नबिनबाबु विश्वकर्माका केहि तस्विरहरु

सर्जक नबिनबाबु विश्वकर्माका केहि तस्विरहरु

वि.सं.२०८२ पुस २२ मंगलवार ०९:५९

 

फेरि भेटियो अकबरे खुर्सानीमा अत्यधिक विषादी

फेरि भेटियो अकबरे खुर्सानीमा अत्यधिक विषादी

वि.सं.२०८२ असोज ३० बिहीवार १३:४२

काठमाडौँ । कालीमाटी तरकारी बजारमा बिक्रीका लागि ल्याएको अकबरे खुर्सानीमा...

पर्सा प्रहरीद्वारा ६७ युनिट रगत सङ्कलन

पर्सा प्रहरीद्वारा ६७ युनिट रगत सङ्कलन

वि.सं.२०८२ असोज ३० बिहीवार १३:३९

वीरगञ्ज  । ७० औँ नेपाल प्रहरी दिवसका अवसरमा  जिल्ला प्रहरी...

जेनजीका माग पूरा गर्न सरकारले अहोरात्र काम गरिरहेको छ : सञ्चारमन्त्री खरेल

जेनजीका माग पूरा गर्न सरकारले अहोरात्र काम...

वि.सं.२०८२ असोज ३० बिहीवार १३:३७

काठमाडौँ । सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले जेनजी पुस्ताका...

प्रेस काउन्सिल नेपालद्वारा तथ्य जाँच कार्यदल गठन

प्रेस काउन्सिल नेपालद्वारा तथ्य जाँच कार्यदल गठन

वि.सं.२०८२ असोज २९ बुधवार १९:१२

काठमाडौँ । प्रेस काउन्सिल नेपालले तथ्य जाँच कार्यदल गठन गरेको...