View Point Long Banner Ad

एमालेबाट ईश्वरपुरको मेयरमा निर्वाचन लडने चन्द्र भुषणको तयारी

नेकपा एमालेका लोकप्रिय युवा नेता चन्द्र भुषण साह अहिले चुनाव लड्न तयार भएका छन् । सक्रिय युवा विद्यार्थी आन्दोलनबाट राजनीतिमा प्रवेश गरेका साहको राजनीतिक यात्रा भने निकै नै रोचक र सफल रहेको देखिन्छ । यसअघि उनले नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको प्रधानमन्त्रीत्व कार्यकालमा तत्कालीन सहरी विकास मन्त्रीको राजनीतिक सल्लाहकारको रुपमा काम गरि सकेका छन् । आईटी आर्मीको केन्द्रीय अध्यक्ष समेत रहेका साहले राष्ट्रिय राजनीतिमा पनि आफ्नो एउटा अलग र राम्रो छवि बनाएका छन् ।

नेपालमा नयाँ सोच र युवा जोशका साथ पारदर्शिता, सुशासन, बदलाव, विकास र समृद्धिका लागी महत्वपूर्ण लडाई लड्ने आफु देशको एक जिम्मेवार सिपाही / पहरेदार रहेको बताउने साहले विगत लामोसमयदेखि अनवरत रुपमा युवा-विद्यार्थी, महिला, मजदूर, किसान, दलित लगायतका पीडित – उत्पीड़ित वर्ग / समुदायको हक अधिकारका लागी शशक्त रुपमा आवाज बुलन्द गर्दै आईरहेको कारणले गर्दा आम जनतामा साहको अलग किसिमको लोभलाग्दो क्रेज रहेको देख्न सकिन्छ ।

सर्लाहीको ईश्वरपुर-२, राईटरखोर निवासी साह सांसदको निर्वाचन लड्ने मनस्थितिमा रहेको भएतापनि आम नगरवासी जनता, पार्टी नेता-कार्यकर्ता, साथीभाई तथा आफ्ना शुभेच्छु-शुभचिन्तकहरुबाट आएको दबाव एवं अनुरोध तथा विशेष सल्लाह-सुझावका कारण यसपटक नगर प्रमुख मेयर पदका लागी उनी उम्मेदवार बन्न तयार भएका छन् ।

“पारदर्शी एवं जनउतरदायी सरकार ! सुशासन एवं समुन्नतिको मुल आधार !!” संगसगैं “बदलाव र विकासको मुल आधार! कुशल नेतृत्व एवं मजबूत सरकार !!” जस्ता आफ्नो प्रमुख नाराहरुलाई व्यवहारतः आम जनताले देख्न, बुझ्न र महशूस गर्न सक्ने ढंगबाट लागू गरी “समृद्ध ईश्वरपुर नगर र सुखी ईश्वरपुर नगरवासी” निर्माण मार्फत ईश्वरपुर पहिलो (Ishworpur First) को मजबूत आधार तयार पार्ने अर्जुन दृष्टि र दृढ संकल्पका साथ उनी चुनावी मैदानमा आईरहेकोले उनको कोहिसंग टक्करको प्रतिस्पर्धा नै नरहेको स्रोतको दाबी छ ।

स्थानीयहरुले उनलाई जनप्रतिनिधिको रुपमा हेर्न चाहेको बताइन्छ । स्थानीय जनताको हरेक सुखदुखमा उनी जहिले पनि उभिरहेका हुन्छन् । उनी जनताद्वारा निर्वाचित कुनै जिम्मेवारीमा नपुग्दै त्यहाँका अन्य जनप्रतिनिधिहरुभन्दा बढी काम गरेको स्थानीयहरु बताउँछन् । जसले गर्दा उनले आफ्नो नगर क्षेत्रमा मजबूत पकड़ बन्नाउनुको साथसाथै जनतामाझ एउटा आशा एवं भरोसा योग्य युवा नेताको रुपमा स्थापित भएको पाईन्छ ।

स्थानीय जनताका बीच उनी निकै चर्चित र लोकप्रिय नेताका रुपमा चिनिन्छन् । उनले मुख्यतः आफ्नो विशेष प्रयास एवं पहलकदमीमा ईश्वरपुर नगरलाई सहरी विकास मन्त्रालयबाट ‘नयाँ सहर’ कार्यक्रमको रुपमा अगाडि बढाउनुको साथसाथै शिक्षा, सडक, सिंचाई, तटबन्ध, खानेपानि लगायतका विभिन्न भौतिक संरचना निर्माण जस्ता महत्वपूर्ण क्षेत्रहरुमा उल्लेख्य कार्यहरु गराउदैं जनतामाझ लोकप्रियता कमाएका हुन् ।

यस’bout उनी भन्छन्, ‘मेरो मुल चाहना सांसद बनेर देशमा कुशलतापूर्वक जनमुखि एवं प्रभावकारी राज्य व्यवस्था, प्रणाली, ऐन, कानून, नियम, निती, योजना तथा कार्यक्रमहरुको तर्जुमा / निर्माण मार्फत मुलुक र समाजलाई सही मार्गदर्शन एवं नेतृत्व प्रदान गरी देश र जनताको सेवा गर्नु नै हो । र यसरी पनि आफ्नो अग्रज तथा युवा साथी-भाईहरुको विशेष सल्लाह-सुझाव एवं साथ-सहयोग बलमा प्रत्यक्ष रुपमा मेयर बनेर यहाँका हरेक जनताले सिधा ढंगले अनुभव / अनुभूति गर्न सक्ने गरी जिम्मेवारी एवं दायित्व वहन गर्नु भनेको पनि देश र जनताको सेवा गर्नु नै हो । त्यसैले, यहाँका न्यायप्रेमी जनता, पार्टीका अग्रज नेता-कार्यकर्ता एवं शुभेच्छु – शुभचिन्तकहरुको आदेशको पालना नै गर्न नसक्ने त्यस्तो कुनै ठोस एवं ठुल्लो कारण छैन् । म सकरात्मक छु । यहाँबाट मलाई जनसमर्थन पनि प्राप्त छ । जसले गर्दा पार्टीले पनि मेरो नयाँ सोच, शैली र सामर्थ्यलाई सही एवं सार्थक रुपमा सदुपयोग गरी ईश्वरपुर नगर र आमनगरवासी जनतको सेवा गर्न मलाई सर्वसहमत रुपमा टिकट दिन्छ, भन्ने विश्वास छ ।’

उनलाई प्राप्त जनसमर्थनबाट हौसिएर अब जनताको सेवा गर्नका लागि प्रत्यक्ष रुपमा चुनावबाट जितेर त्यहाँका हरेक समस्या समाधान गर्न लागिपर्ने उनी बताउँछन् । उनी भन्छन्, ‘पार्टी नेतृत्व र जनताले मलाई सेवा गर्ने मौका दियो भने मेरो गृह नगर र आफ्नो सम्पूर्ण नगरवासी जनतालाई खुशी-सुखी, समृद्ध एवं विकासित बनाउने क्षमता एवं दृढ ईच्छाशक्ति संगसगैं स्पष्ट खाका (मार्ग चित्र) पनि मसंग छ, जसले गर्दा मबाट कोहि-कसैलाई पनि कदापि निराश हुनुपर्ने स्थितिको सृजना हुनेछैन ।”


जेनजीका माग पूरा गर्न सरकारले अहोरात्र काम गरिरहेको छ : सञ्चारमन्त्री खरेल

जेनजीका माग पूरा गर्न सरकारले अहोरात्र काम...

वि.सं.२०८२ असोज ३० बिहीवार १३:३७

काठमाडौँ । सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले जेनजी पुस्ताका...

प्रतिनिधिसभा पुनर्स्थापनामा सभामुखले पाएनन् दलहरुको ‘ग्रीन सिग्नल’

प्रतिनिधिसभा पुनर्स्थापनामा सभामुखले पाएनन् दलहरुको ‘ग्रीन सिग्नल’

वि.सं.२०८२ असोज २९ बुधवार १८:११

काठमाडौँ । विघटित प्रतिनिधिसभामा प्रतिनिधित्व गर्ने राजनीतिक दलहरूमध्ये नेकपा एमाले...

मन्त्री घिसिङ र जर्मन राजदूतबिच भेटवार्ता

मन्त्री घिसिङ र जर्मन राजदूतबिच भेटवार्ता

वि.सं.२०८२ असोज २९ बुधवार १५:५४

काठमाडौँ । ऊर्जा, जलस्रोत तथा सिँचाइ, भौतिक पूर्वाधार तथा यातायात...

जेनजीहरूको असली प्रतिनिधि पार्टी माओवादी केन्द्र हो : प्रचण्ड

जेनजीहरूको असली प्रतिनिधि पार्टी माओवादी केन्द्र हो...

वि.सं.२०८२ असोज २९ बुधवार १५:५२

धादिङ । नेकपा माओवादी केन्द्रका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले मुलुक...

फेसबुकले होइन, केन्द्रीय कमिटीले भन्यो भने हट्छु : ओली

फेसबुकले होइन, केन्द्रीय कमिटीले भन्यो भने हट्छु...

वि.सं.२०८२ असोज २९ बुधवार १३:२७

काठमाडौँ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आफूलाई कतिपय...

नेतृत्व लिन नयाँ पुस्ता तयार छ : नैनसिंह महर

नेतृत्व लिन नयाँ पुस्ता तयार छ :...

वि.सं.२०८२ असोज २९ बुधवार १३:०१

काठमाडौँ । नेपाली कांग्रेसका केन्द्रीय सदस्य नैनसिंह महरले पार्टीको आन्तरिक...