View Point Long Banner Ad

ज्ञानेन्द्र शाही राप्रपाको केन्द्रीय समितिको सदस्यमा मनोनित

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को केन्द्रीय कार्यसम्पादन समितिको सदस्यमा ज्ञानेन्द्र शाही मनोनित भएका छन् । यसअघि पार्टी अध्यक्ष राजेन्द्र लिङ्देनले सोमबार २० जनालाई केन्द्रीय कार्यसम्पादन समिति सदस्यमा मनोनित गरेकामा मंगलबार शाहीलाई पनि सो समितिमा थपेका हुन् ।

राप्रपा र सुशासनको लागि हाम्रो नेपाल हामी नेपाली अभियानबीच सम्झौता तथा राप्रपाको विधान बमोजिम सो पदमा मनोनयन गरिएको लिङ्देनले हस्तान्तरण गरेको पत्रमा उल्लेख छ । राप्रपा प्रवक्ता मोहन श्रेष्ठका अनुसार अब केन्द्रीय कार्यसम्पादन समिति २४ जनाको भएको छ ।

जसमा बुद्धिमान तामाङ, बिक्रम पाण्डे, ध्रुबबहादुर प्रधान, रोशन कार्की, हेमजङ्ग गुरुङ, मुकुन्द श्याम गिरी, धवलशमशेर राणा, भुवन पाठक, राजेन्द्र गुरुङ, प्रह्लाद साह, दीपक बोहोरा, नवराज सुवेदी, हरिबहादुर बस्नेत, बालाराम घर्ती मगर, जयन्त चन्द, टंक ढकाल, ठाकुरप्रसाद शर्मा र ऋषिबाबु परियार रहेका छन् । २० जनाको सूचीमा नपरेका शाहीलाई एकताको सन्देश जानेगरी मंगलबार मनोनयन गरिएको बताइएको छ ।

राप्रपाको विधानमा ३३ जनाको केन्द्रीय कार्यसम्पादन समिति रहने व्यवस्था छ । निवर्तमान अध्यक्षद्वय पशुपतिशमशेर जबरा, डा.प्रकाशचन्द्र लोहनी र संस्थापक अध्यक्ष पूर्व प्रधानमन्त्री लोकेन्द्रबहादुर चन्द स्वतः कार्यसम्पादन समितिको सदस्य हुने व्यवस्था छ । बाँकी सदस्य पनि छिट्टै मनोनयन गरिने प्रवक्ता श्रेष्ठले बताए ।


मञ्जुर सर्त मायामाको अपार माया पछि सचिन खड्को अर्काे गीत ‘तिमी भन्नु नै जिन्दगी हो सार्वजनिक

मञ्जुर सर्त मायामाको अपार माया पछि सचिन...

वि.सं.२०८२ चैत २० शुक्रवार ११:०१

  मञ्जुर सर्त मायाको अपार माया पछि सचिन खड्को अर्काे...

सर्जक नबिनबाबु विश्वकर्माका केहि तस्विरहरु

सर्जक नबिनबाबु विश्वकर्माका केहि तस्विरहरु

वि.सं.२०८२ पुस २२ मंगलवार ०९:५९

 

फेरि भेटियो अकबरे खुर्सानीमा अत्यधिक विषादी

फेरि भेटियो अकबरे खुर्सानीमा अत्यधिक विषादी

वि.सं.२०८२ असोज ३० बिहीवार १३:४२

काठमाडौँ । कालीमाटी तरकारी बजारमा बिक्रीका लागि ल्याएको अकबरे खुर्सानीमा...

पर्सा प्रहरीद्वारा ६७ युनिट रगत सङ्कलन

पर्सा प्रहरीद्वारा ६७ युनिट रगत सङ्कलन

वि.सं.२०८२ असोज ३० बिहीवार १३:३९

वीरगञ्ज  । ७० औँ नेपाल प्रहरी दिवसका अवसरमा  जिल्ला प्रहरी...

जेनजीका माग पूरा गर्न सरकारले अहोरात्र काम गरिरहेको छ : सञ्चारमन्त्री खरेल

जेनजीका माग पूरा गर्न सरकारले अहोरात्र काम...

वि.सं.२०८२ असोज ३० बिहीवार १३:३७

काठमाडौँ । सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले जेनजी पुस्ताका...

प्रेस काउन्सिल नेपालद्वारा तथ्य जाँच कार्यदल गठन

प्रेस काउन्सिल नेपालद्वारा तथ्य जाँच कार्यदल गठन

वि.सं.२०८२ असोज २९ बुधवार १९:१२

काठमाडौँ । प्रेस काउन्सिल नेपालले तथ्य जाँच कार्यदल गठन गरेको...