मकवानपुरमा स्थानीय निर्वाचनको सुरक्षा तयारी
स्थानीय तहको निर्वाचनलाई निष्पक्ष र भयरहित बनाउन त्यसलाई लक्षित गरी मकवानपुरको आन्तरिक सुरक्षा योजना बनाइएको छ ।
जिल्लाका १६५ निर्वाचन स्थललाई ३ भागमा विभाजन गरी सुरक्षा व्यवस्था मिलाइएको छ ।
प्रमुख जिल्ला अधिकारी (सीडीओ) भरतमणि पाण्डेका अनुसार निर्वाचनका लागि १९ अतिसंवेदनशील, ६० संवेदनशील र ८६ सामान्य गरी मतदान स्थललाई विभाजन गरिएको छ ।
राक्सिराङ, कैलाश, वाग्मती र बकैया गाउँपालिकाका केही मतदानस्थललाई अतिसंवेदनशीलमा राखिएको उनले बताए । जिल्लामा ३५९ निर्वाचन केन्द्र रहेका छन् ।
वि.सं.२०७८ चैत १६ बुधवार १३:०३
















