View Point Long Banner Ad

अभिनेत्री करिश्मा मानन्धर एमाले प्रवेश गर्ने

अभिनेत्री करिश्मा मानन्धरले नेकपा एमाले प्रवेशको निर्णय गरेकी छन् । उनले एमाले अध्यक्ष केपी शर्मा ओलीसँगको भेटवार्तापछि एमाले प्रवेशको निर्णय लिएकी हुन् । मानन्धरले आफू एमाले प्रवेश गर्ने निर्णयमा पुगेको जानकारी दिइन् । उनका अनुसार बिहीबार ओलीसँग मानन्धरको भेटवार्ता भएको थियो । सो क्रममा ओली र मानन्धरबीच पार्टी प्रवेशबारे छलफल भएको र मानन्धर पार्टी प्रवेशमा राजी भएकी हुन् ।

‘एमालेमा लाग्ने निर्णय गरेको छु । निजी हिसाबले मैले यो निर्णय गरेकी हुँ’, उनले रातोपाटीसँग भनिन्, ‘राजनीतिमा झुकाव छ । कुनै न कुनै विचारलाई समातेर अघि बढिन्छ । राजनीतिमा लाग्ने यो यो राइट टाइम पनि हो । पार्टीमा प्रतिबद्ध भएर अघि बढ्दा ठीक होला भनेर यो निर्णय लिएँ ।’

यसअघि उनी बाबुराम भट्टराई नेतृत्वको तत्कालीन नयाँ शक्तिमा सक्रिय थिइन् । केही समयको राजनीतिपछि सो पार्टीबाट अलग भएकी उनी हाल आएर फेरि एमाले प्रवेशको निर्णयमा पुगेकी हुन् । उनलाई केही दिनमै एक कार्यक्रम गरेर पार्टी प्रवेश गराउने एमालेले तयारी गरेको छ।


जेनजीका माग पूरा गर्न सरकारले अहोरात्र काम गरिरहेको छ : सञ्चारमन्त्री खरेल

जेनजीका माग पूरा गर्न सरकारले अहोरात्र काम...

वि.सं.२०८२ असोज ३० बिहीवार १३:३७

काठमाडौँ । सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले जेनजी पुस्ताका...

प्रतिनिधिसभा पुनर्स्थापनामा सभामुखले पाएनन् दलहरुको ‘ग्रीन सिग्नल’

प्रतिनिधिसभा पुनर्स्थापनामा सभामुखले पाएनन् दलहरुको ‘ग्रीन सिग्नल’

वि.सं.२०८२ असोज २९ बुधवार १८:११

काठमाडौँ । विघटित प्रतिनिधिसभामा प्रतिनिधित्व गर्ने राजनीतिक दलहरूमध्ये नेकपा एमाले...

मन्त्री घिसिङ र जर्मन राजदूतबिच भेटवार्ता

मन्त्री घिसिङ र जर्मन राजदूतबिच भेटवार्ता

वि.सं.२०८२ असोज २९ बुधवार १५:५४

काठमाडौँ । ऊर्जा, जलस्रोत तथा सिँचाइ, भौतिक पूर्वाधार तथा यातायात...

जेनजीहरूको असली प्रतिनिधि पार्टी माओवादी केन्द्र हो : प्रचण्ड

जेनजीहरूको असली प्रतिनिधि पार्टी माओवादी केन्द्र हो...

वि.सं.२०८२ असोज २९ बुधवार १५:५२

धादिङ । नेकपा माओवादी केन्द्रका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले मुलुक...

फेसबुकले होइन, केन्द्रीय कमिटीले भन्यो भने हट्छु : ओली

फेसबुकले होइन, केन्द्रीय कमिटीले भन्यो भने हट्छु...

वि.सं.२०८२ असोज २९ बुधवार १३:२७

काठमाडौँ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आफूलाई कतिपय...

नेतृत्व लिन नयाँ पुस्ता तयार छ : नैनसिंह महर

नेतृत्व लिन नयाँ पुस्ता तयार छ :...

वि.सं.२०८२ असोज २९ बुधवार १३:०१

काठमाडौँ । नेपाली कांग्रेसका केन्द्रीय सदस्य नैनसिंह महरले पार्टीको आन्तरिक...